अब हाम्रा बाटा चिल्ला हुनुपर्छ, खेतमा धान झुल्नुपर्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताएका छन् । काठमाण्डौको मातातीर्थमा चिनियाँ लगानीमा बनेको शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नु पर्ने बताएका छन ।
‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो’ प्रधानमन्त्री ओलीले भने, ‘अब सबै मिलेर देश निर्माणमा लाग्नु पर्छ ।’ जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस भन्ने सबैको चाहना छ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पुरा हुन्छ ।’
प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने बताएका छन । ‘सबैले शान्तीको अनुभुती गरुन् । कसैलाई अन्याय नपरोस’ प्रधानमन्त्री ओलीले भने–‘मान्छे देख्दा शुत्र होइन । दाजुभाइ दिदीबहिनी देखियोस ।’
प्रधानमन्त्री ओलीले शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ती सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंशा गरेका थिए । उनले शसस्त्र प्रहरी बललाई राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिएका छन ।
सशस्त्रको सो तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैंयाको सहयोग गरेको थियो । प्रधानमन्त्री ओलीले चीन सरकारलाई सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै ३० महिनामा सक्नुपर्ने सम्झौता भएपनि २४ महिनामै निर्माण सम्पन्न गरेकोमा चाईना रेल्वेको प्रशंसा गरेका छन ।
काम सुरु गर्नुपुर्व ‘म भ्रष्टाचार गर्ने छैन’ भनि सपथ खाने की ?
सरकारले निजामति कर्मचारीहरुका लागि आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारी कर्मचारी अनुशासित र आज्ञाकारी हुनु पर्ने र सरकारले खटाएको ठाउँमा जानुपर्ने प्रधानमन्त्रीले बताएका छन् ।
मन्त्री तथा सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीहरुलाई आचारसंहिता जारी गर्ने योजना सुनाएका हुन् । कर्मचारीतन्त्रमा मौलाउँदै गएको भ्रष्टाचार हटाउन नयाँ आचारसंहिता लागु गर्ने सरकारी तयारी रहेको प्रधानमन्त्रीले बताएका छन ।
इस्लामिक देशमा नमाजको समय आएपछि स्पिकरबाट भन्ने र अरुले पढ्ने गरेको स्मरण गर्दै उनले भने, ‘अफिस जाने बित्तिकै म भ्रष्टाचार गर्ने छैन, सहज सुविधायुक्त ढंगले सेवा दिनेछु भनेर बाचन गर्ने र काम थाल्ने प्रारम्भ गर्नु पर्छ कि ?’ अघि भने, ‘अफिस छिरेपछि पहिले म भ्रष्टाचार गर्ने छैन भनेर सबैले सुन्ने गरी भन्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले अचारसंहितामा समावेश गर्ने बुँदाहरु तयार पार्न मुख्यसचिवलाई निर्देशन नै दिएका छन् । उनले भने, ‘आसन ग्रहण गर्नुअघि नै सेवाग्राहीले सुन्ने गरी ‘म भ्रष्टाचार गर्ने छैन’ भनेपछि स्वाट्टै लिन पनि त गाह्रो होला नि ।’ एक पटक मात्र सपथ ग्रहण गरेपछि बिर्सिने भएकाले हरेक दिन कसम खुलाउनुपर्ने अवस्था आएको प्रधानमन्त्री ओलीले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्