धोका भयो भन्दै फेसबुकका मालिकले मागे माफी
फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य डाटा चोरी भएको प्रकरणमा आफ्नो कम्पनिबाट गल्ती भएको जुगरबर्गले स्वीकार गरेका छन् । उनले आफूमाथि विश्वासघात भएको भन्दै यसको ब्यवस्थापन गर्ने आश्वासनसमेत दिएका छन् ।
जुगरबर्गले भनेका छन् ‘एप बनाउने अलेक्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकबीच जे भएको थियो । अहिले विश्वासघात भयो ।’ फेसबुक र अन्य ब्यक्तिमाथी पनि विश्वासघात भएको भन्दै जुगरबर्गले भनेका छन, ‘जो हामीलाई शेयर गर्थे उनीहरुमाथी पनि विश्वासघात भएको छ ।’
‘फेसबुक मैले नै सुरु गरेको हुँ । हाम्रो यो मञ्चमा जे हुन्छ । त्यसको जिम्मेवारी मैले लिन्छु ।’ उनको भनाइअनुसार सबै एप्सको जाँच गरिनेछ । निजी जानकारीको दुरुपयोग गर्ने डेभलपर्सलाई बन्द गर्दै प्रभावितलाई जानकारी दिने उनले बताएका छन् ।
फेरि यस्तो घटना नदोहोरियोस् भन्नका लागि सचेत रहेको उनले बताएका छन् । उनको भनाइअनुसार कुनै पनि किसिमको दुरुपयोग नहोस् भन्नका लागि डेभलपर्सको डाटा एक्सेस सीमित गरिने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्