सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खुलम खुल्ला देखिन थाल्यो भुवन र जियाको प्रेम

सम्बन्ध छ भन्ने थाहा भए पनि सार्बजनिक रुपमा संगै नदेखिएका नायक भूवन केसी र नायिका जीया केसीको प्रेम छरपस्ट देखिन थालेको छ । कतै सँगै पुगिहाले पनि मिडियालाई छलेर हिँड्ने गरेको यो जोडी अहिलेसम्म एकसाथ सार्वजनिक कार्यक्रममा देखिएको थिएन ।

जति नै लुक्दै हिँडे पनि केही दिनअघि स्कटल्याण्ड जाने क्रममा भने उनीहरु मिडियाको क्यामेरामा कैद भएरै छाडे । त्यतिबेला पनि भूवनसँगको तस्बिर सार्वजनिक नहोस् भनेर जीया लामो समय लुकेकी थिइन् । तर, मिडियाले उनीहरुलाई क्यामरामा कैद गरिछाडे ।

त्यो घटनापछि भने उनीहरु विस्तारै मिडियासँग लजाउन छोडेका छन् । आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘दोश्रो फान अवार्ड’मा भूवन र जीया एकसाथ गफिदै पुगेका थिए । जीया यो कार्यक्रममा आकर्षक बनेर पुगेकी थिइन् । फान अवार्डको कार्यक्रमपछी भूवन र जीयाको प्यार खुलम खुल्ला देखिन थालेको छ ।

सुश्मिता केसीसँगको विवाह टुटेपछि भुवन जियासँग नजिकिएका हुन् । धेरै वर्षदेखि उनीहरु लिभिङ टुगेदरमा छन् । जियाले ‘एटिएम’ लगायत केही फिल्महरु खेले पनि कुनै सफलता पाउन सकेकी थिइनन् । भुवनसँगको सम्वन्ध उनका लागि लाइमलाइटमा आइराख्ने माध्यम बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्