सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मानव बेचबिखनमा आरोपी राजेन्द्र खड्गी जेलमुक्त

मानव बेचबिखन तथा ओसारपसारको अभियोग लागेका चलचित्र द्वन्द निर्देशक राजेन्द्र खड्गीलाई पुर्पक्षका लागी थुनामा राख्न दिएको आदेशलाई उच्च अदालत, पाटनले बदर गरेको छ । न्यायाधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो ।

यो सँगै खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् । यसअघि १८ फागुनमा उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले फैसला सुनाएको थियो । तर, खड्गी मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए ।

सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । फर्किने बेलामा भने दुई जना मात्र नेपाल आएका थिए । त्यहाँस्थित दुतावासको उजुरीको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्