सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजिनामा नदिन रमेश खरेलाई सर्वेन्द्रको आग्रह

नेपाल प्रहरीको प्रमुख (आईजीपी)मा नियुक्त डिआईजी सर्बेन्द्र खनालले समकक्षि डिआईजी रमेश खरेललाई राजीनामा नदिन आग्रह गरेका छन । खनालले सरकारले बिधि र प्रक्रिया पुर्याएर गरेको नियुक्तिलाई लिएर असन्तुष्टि जनाउँदै संगठन छाड्ने निर्णय नगर्न आग्रह गरेका हुन ।

प्रहरी प्रमुखमा नियुक्त भएका सर्वेन्द्र खनालले भने–‘मैले हिँजो पनि रमेशलाई भेटेको थिएँ, यसलाई नकरात्मक रुपमा नलिन भनेको छु, आज पनि भेटेरै राजीनामा नदिन भन्छु ।’

प्रहरी प्रमुख सरकारले विधि र प्रक्रियामा रहेर चयन गर्ने हुदाँ त्यसमा दुख नहुन पनि खनालले खरेलसँग आग्रह गरेका छन् । ‘प्रहरी प्रमुख चयनमा सरकारका पनि केही योजना होलान, ‘खनालले भने, ‘त्यसलाई मैले पुरा गर्छु जस्तो लाग्यो होला त्यसैले नियुक्त भएँ ।’

आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै उनका प्रतिस्पर्धी डिआइजी रमेश खरेलले सेवाबाट अलग हुने घोषणा गरेका छन् । आईजीपी हुन नपाएपछी आफु हिन भावना बोकेर संगठनमा काम गर्न नसक्ने बताउँदै राजीनामा दिने बताएका छन ।

डिआईजी रमेश खरेलले प्रहरी सेवामा प्रवेश गर्दा खेरी नै प्रहरी नेतृत्व हाँक्ने सपना आफूले देखेको, त्यसका लागि अयोग्य हुने कुनै गल्ती नगरेको र अवसर नपाएको भन्दै हिन भावना बोकेर संगठनमा बस्दा नतिजा दिन नसकिने भन्दै सेवाबाट अलग हुने घोषणा गरेका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्