सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रातभरी यौनप्यास मेटेपछी बिहान प्रेमिकाको हत्या

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया किशोरी रीता हरिजन (परिवर्तित नाम) को हत्यामा संलग्न रहेको भन्दै युवतीकै प्रेमीलाई बिहिबार रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।

सामान्यतया मानिसहरु जीवन खुसी बनाउन र एक अर्काको दुःख, सुखमा साथ दिन एकअर्कालाई प्रेम गर्ने गर्छन । तर, पछिल्लो समय कतिपय मानिसका प्रेम सम्बन्धहरु आफ्नो स्वार्थ पूर्ति गर्नमै केन्द्रित हुने गरेका छन् ।

रुपन्देहीमा यस्तै एउटा कहालि लाग्दो घटना भएको छ । रुपन्देहीस्थित ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया हरिजन थरकी किशोरी यस्तै प्रेम सम्बन्ध भित्रको स्वार्थको शिकार बनेकी छन् ।

प्रहरीका अनुसार स्थानीय १८ वर्षीय युवक प्रेम सागर केवटसँग विगत ४ वर्षदेखि उनी प्रेम सम्बन्धमा थिइन् । युवकले प्रहरीलाई दिएको बयान अनुसार गत बैशाख ३ मा युवतीसँगै उनले खेतवारीमा रात विताएका थिए । त्यस दिन राति उनीहरुबीच यौन सम्बन्ध पनि भएको थियो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने–‘सम्बन्ध राखेको भोलिपल्ट बिहानै मृतक युवतीकै कपालले घाँटी कसेर हत्या गरेको बयान उसले दिएको छ ।’ प्रहरीले बताए अनुसार युवक ज्याला मजदुरीको काम गर्थें ।

अन्तिम पटक बैशाख गते राति ९ बजे घरबाट निस्किएकी युवती बेपत्ता भएपछि परिवारले गाउँलेको सहायतामा खोजी सुरु गरेका थिए । त्यस क्रममा ४ गते बिहान ८ बजे ओमसतिया–६ स्थित खाली खेतमा युवतीको शव फेला परेको थियो । लगत्तै, इलाका प्रहरी कार्यालय, धकधइको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS