रातभरी यौनप्यास मेटेपछी बिहान प्रेमिकाको हत्या
रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया किशोरी रीता हरिजन (परिवर्तित नाम) को हत्यामा संलग्न रहेको भन्दै युवतीकै प्रेमीलाई बिहिबार रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।
सामान्यतया मानिसहरु जीवन खुसी बनाउन र एक अर्काको दुःख, सुखमा साथ दिन एकअर्कालाई प्रेम गर्ने गर्छन । तर, पछिल्लो समय कतिपय मानिसका प्रेम सम्बन्धहरु आफ्नो स्वार्थ पूर्ति गर्नमै केन्द्रित हुने गरेका छन् ।
रुपन्देहीमा यस्तै एउटा कहालि लाग्दो घटना भएको छ । रुपन्देहीस्थित ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया हरिजन थरकी किशोरी यस्तै प्रेम सम्बन्ध भित्रको स्वार्थको शिकार बनेकी छन् ।
प्रहरीका अनुसार स्थानीय १८ वर्षीय युवक प्रेम सागर केवटसँग विगत ४ वर्षदेखि उनी प्रेम सम्बन्धमा थिइन् । युवकले प्रहरीलाई दिएको बयान अनुसार गत बैशाख ३ मा युवतीसँगै उनले खेतवारीमा रात विताएका थिए । त्यस दिन राति उनीहरुबीच यौन सम्बन्ध पनि भएको थियो ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने–‘सम्बन्ध राखेको भोलिपल्ट बिहानै मृतक युवतीकै कपालले घाँटी कसेर हत्या गरेको बयान उसले दिएको छ ।’ प्रहरीले बताए अनुसार युवक ज्याला मजदुरीको काम गर्थें ।
अन्तिम पटक बैशाख गते राति ९ बजे घरबाट निस्किएकी युवती बेपत्ता भएपछि परिवारले गाउँलेको सहायतामा खोजी सुरु गरेका थिए । त्यस क्रममा ४ गते बिहान ८ बजे ओमसतिया–६ स्थित खाली खेतमा युवतीको शव फेला परेको थियो । लगत्तै, इलाका प्रहरी कार्यालय, धकधइको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्