सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पक्राउ परे सांसद तथा गुण्डानाईके दिपक मनाङ्गे

ज्यान मार्ने उद्योगमा सर्बोच्चले ५ बर्ष जेल सजाय गर्ने पुनरावेदन अदालतको आदेशलाई सदर गरेपछी फरार भएका गुण्डा नाईके तथा प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । फरार अभियुक्त दीपक मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सर्वोच्चले गत माघमा सदर गरेपछी मनाङ्गे सांसदको सपथ समेत नलिई फरार भएका थिए । काठमाण्डौ परिसरका प्रवक्ता मोहन थापाका अनुसार मनाङ्गेलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो ।

दीपक मनाङ्गेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनाएको थियो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो ।

जिल्ला अदालतको फैसला चित्त नबुझेपछी सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएको थियो । पुनरावेदन अदालतले २०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको थियो ।

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS