सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओलीको अधिनायकबादबाट मिडिया डराएः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली एकदलीय सार्वसत्तावादी सोचबाट अगाडी बढिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको अधिनायकबादबाट पत्रपत्रिकाहरु पनि ओलीविरुद्ध लेख्न डराएको सभापती देउवाले दाबी गरेका छन ।

कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले भने, ‘प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान, राजश्व सबै विभागहरु आफ्नो मातहतमा लगिसकेका छन् । यसले स्पष्ट भइसकेको छ, अधिनायकवादी शासन व्यवस्थाको सुरुवात गर्ने प्रयास भइरहेको छ ।’

देउवाले आरोप प्रत्यारोप गर्ने क्रम छोडेर एकदलीय सर्वसत्तावादविरुद्ध एकजुट हुन कार्यकर्तालाई आहृवान गरेका छन् । उनले भने–‘सारा पत्रपत्रिका ओलीविरुद्ध लेख्न डराइसके । अब हामीले सर्वसात्तावादी कम्युनिष्ट शासनको खिलापमा लडेर नेपाललाई पूर्ण प्रजातान्त्रिक देश बनाउनुपर्छ ।’

देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरि संगठन सुदृढीकरणमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन । पार्टीभित्र आलोचित भएपछी पछिल्लो समय देउवा संगठन सुदृढीकरणतर्फ केन्द्रित भएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्