सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कर्णाली प्रदेशले ल्यायो आफ्ना नीति तथा कार्यक्रम

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, पर्यटन र जलविद्युतको विकास गरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिइएको छ ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शनिबार सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष पेश गरेपछि सोमबार प्रदेश प्रमुख खनालले प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशमा पेट्रोलियम पदार्थको उत्खनन् गर्ने, उज्यालो कर्णाली अभियानलाई अगाडि बढाउने, सीप तथा श्रम स्कुल खोल्ने उल्लेख गरिएको छ ।

यस्तै बर्दिया–सुर्खेत सुरुङ मार्ग निर्माण गर्न पूर्व सम्भाव्यता अध्ययनका लागि संघीय सरकारसँग अनुरोध गर्ने, प्रत्येक स्थानीय तहमा जनघनत्व हेरी कम्तिमा १५ शैय्याको अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

एक वर्षमा प्रदेशलाई सडक बालबालिकामुक्त प्रदेश बनाउने गरी अभियान संचालन गर्ने, हाई अल्टिच्युड एकेडेमी सम्बन्धी अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश र संघ एवं प्रदेश र स्थानीय साझेदारीमा सम्पन्न गर्न सकिने तथा प्रदेश स्वयमले सञ्चालन गर्ने सम्भावित आयोजनाहरुको सूची परियोजना बैंक तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै प्रदेश समृद्धिका लागि ‘स्वच्छ वातावरणका लागि हरियाली’, ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’, ‘जनताको धन, जडीवुटी वन्यजन्तु र वन’, ‘समृद्धिका लागि हरित वन’, ‘समृद्ध कर्णालीका लागि सहकारी अभियान’, ‘शुसासित सहकारी उत्पादनमा लगानी’ लगायतका नारा तयार गरिएको छ ।

हेर्नुहोस् कर्णाली प्रदेशको नीति तथा कार्यक्रम जस्ताको तस्तैः

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F04%2F%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AB.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS