सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विदेश बस्ने नेपालीलाई पुलिस रिपार्ट ईमलेबाटै

विदेशमा रहेका नेपालीहरुको सहजतालाई ध्यानमा राख्दै प्रहरीले ईमेलबाटै प्रहरी रिपोर्ट बनाउन मिल्ने व्यवस्थाको सुरुवात गरेको छ । प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेका अनुसार विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने चारित्रिक रिपोर्ट सहज रुपमा लिन पाउने व्यवस्था मिलाउन ईमेल सेवाको सुरुवात गरिएको हो ।

डिआईजी न्यौपानेका अनुसार प्रहरी प्रधान कार्यालयको चालचलन शाखाको ईमेल उयष्अिभचभउयचत२लभउबउियष्अिभ.नयख.लउ मार्फत आवश्यक कागजातसहित आवेदन दर्ता गरेमा ईमेलबाटै पुलिस रिपोर्ट प्राप्त गर्न सकिने छ ।

यसअघि काठमाडौंमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर ललितपुर र भक्तपुर, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, प्रदेश १ मा प्रदेश प्रहरी कार्यालय बिराटनगर र प्रदेश ३ मा प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी रिपोर्ट दिने गरिएको थियो ।

त्यस्तै प्रदेश ४ मा प्रदेश प्रहरी कार्यालय पोखरा, संघीय प्रहरी ईकाइ कार्यालय, भेरी नेपालगञ्ज र संघीय प्रहरी ईकाइ कार्यालय, सेती धनगढीबाट पनि पुलिस रिपोर्ट प्रदान गरिँदै आएको थियो । काठमाडौंको थप दुई महानगरीय प्रहरी वृत्त, कालिमाटी र गौशाला प्रहरी वृत्तबाट पनि पुलिस रिपोर्ट पाउने व्यवस्था मिलाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्