अन्मिएको दुई घण्टामै बेहुलीको गोली हानि हत्या
एक अभागी बेहुली जो माइती घरबाट अन्मिएर घर पुग्न नपाउँदै ज्यान गुमाउनु परेको छ । बेहुली बनेको दुई घण्टा नबित्दै उनले संसारबाट बिदा हुनु परेको हो । जुन छोरीलाई माइतीले साँझ विदाइका हात हल्लाए, उनैलाई त्यही रात अन्तिम विदाइ गर्न विवश हुनु र्पयो ।
भारतको उत्तरखण्ड मेरठस्थित देहरादुन–दिल्ली राष्ट्रिय राजमार्गमा नव दुलहीलाई घर नपुग्दै गोली हानी हत्या गरिएको हो । उनको लुटेराको एक समूहले गोली हानी हत्या भएको प्रहरी बताएको छ ।
उत्तर प्रदेशको गाजियाबादकी महविश शुक्रबार बेलुका सात बजे माइतीघरबाट अन्मिएकी थिइन् । तर राति ९ बजे उनको आफ्ना नयाँ जीवनसाथी र केही नातेदारसँगै कारमा सवार भएका बेला हत्या भएको हो ।
बेहुलीमाथि लुट्ने उद्देश्यले गोली हानिएको प्रहरीले बताएको छ । घटनापछि लुटेराको समूहले दुलहीको साथबाट नगदसहित लाखौं रुपैयाँका गरगहना लुटेका थिए । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
लुटेराको आक्रमणमा परी बेहुलाका केही आफन्त पनि घाइते भएका थिए । मेरठ पुलिसले घटनाको जाँच सुरु गरेको छ । महविशका माइती पक्षले यो घटनामा बेहुलापक्षलाई दोषी ठानेका छन् । महविशका माइतीले यसलाई एकतर्फी प्रेम भएको कुरा पनि अस्वीकार गरेको छ ।
महविशका बावुआमाले यो केवल लुट्का लागि गरिएको घटना मात्र नभइ यसको पछाडि अरु कुनै कारण रहेको बताएका छन् । उनीहरुले बेहुलीलाई गोली हानिएपछि बचाउन चासो नदिएको भन्दै पुलिसमा उजुरी दिएका छन् ।
बेहुलीका माईती पक्षले भनेका छन–‘बेहुलीलाई गोली हानिदा किन प्रतिकार गरिएन ? गाडीमा रहेका अन्यमाथि आक्रमण नहुनुले पनि शंका बढाएको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्