सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोरेको धम्की–‘दायाँबायाँ गरिस भने उडाईदिन्छु’

लामै समय भयो, सनम शाक्यको हत्या भएसँगै सुरु भएको सुन तस्करीको अनुसन्धान जतिजति लम्बिँदै गएको छ उतिउति सुनकाण्ड सम्बन्धि मुद्दा कमजोर बन्दै गएको आँकलन गरिएको छ । साढे ३३ किलो सुन तस्करीबाट सुरु भएको अनुसन्धान ३८ क्वीन्टल सम्म पुग्यो र तस्करको गिरोहमा संलग्न एकपछी अर्को पक्राउ पर्ने क्रम जारी छ ।

पक्राउ पर्ने शिलशिलामा मंगलबार त्रिभुवन बिमानस्थलबाट सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ का विश्वासपात्र राम तिवारी पक्राउ परे । तिवारी पक्राउ परेसँगै उनले भाञ्जा भन्ने गरेका सुन तस्करका नाईके ‘गोरे’ र तिवारीबिच भएको टेलिफोन संवाद पनि सार्बजनिक भएको छ ।

गोरेकै भनाईमा न्यायालयदेखि सबैतिर सेटिङ मिलाउन सक्ने तिवारीलाई ‘गोरे’ ले कलकत्ताबाट फोन गरेका छन् । टेलिफोन संवादमा असन्तुलित बोली बोल्ने गरेका गोरेले तिवारीलाई मामा साईनो लगाए पनि कहिले ‘तँ’ भनेर सम्बोधन गर्छन् भने कहिले ‘तपाईं’ ।

तिवारीलाई थर्काउँदै गोरेले भनेका छन, ‘दायाँ बायाँ दिमाग लगाइस् भने तँलाई उडाइदिन्छु ।’ उनीहरुको बीचमा भुजुङ गुरुङ र उनको सालो छिरिङले फोन नउठाएको बारेमा पनि कुराकानी भएको छ । सुन तस्करीको नाफा जग्गामा लगानी गर्दै आएका ‘गोरे’ को जग्गाको कारोबार तिवारीले सम्हाल्दै आएको टेलिफोन संवादबाट प्रष्ट हुन्छ ।

संवादका क्रममा तिवारी र गोरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालिन प्रहरी उपरिक्षक (एसपी) विकासराज खनालको पनि प्रसङ्ग निकालेका छन् । तिवारीले विकास काठमाडौं आएका छन, उसँग सल्लाह गर्छु भन्दा गोरेले अहिले मेरो कुरा नगर विकास मामालाई अप्ठ्यारो हुन्छ भन्दै रोकेका छन् ।

सुन्नुहोस् गोरे र उनका विश्वासपात्र राम तिवारी बिच भएको टेलिफोन कुराकानी

फेसबुकबाट कमेन्ट गर्नुहोस्