सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पुर्वराजा थाईल्याण्ड हुँदै किन जाँदैछन भारत ?

पुर्वराजा ज्ञानेन्द्र शाह आज परिवारसहित थाइल्याण्ड जाँदै छन । थाइल्यान्डबाट पुर्वराजपरिवार श्रीलंका र भारतकोे मुम्बई समेत जाने कार्यक्रम तय भएको बताईएको छ ।

दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहेको पूर्व राजपरिवारको थाइल्यान्ड भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी शाह बिहीबार नै बैकक पुगिसकेको जानकारी पाईएको छ ।

हिमानीका निजी सचिव स्मिता सिंह, पुर्वराजाका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्यान्ड पुगेको बताईएको छ ।

हिमानीसँगै राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्सेर राणा, साला उदय शम्सेर राणा र उदय शम्सेरकी धर्मपत्नी रोशनी राणा पनि जाने भएका छन ।

स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल, निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ ।

पछिल्लो समय थाइल्यान्डलाई ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न मुलुकको भ्रमण गर्न थालेका पुर्वराजा ज्ञानेन्द्र नेपालबाट भारत लगायतका मुलुक भ्रमण गर्दा बढी हल्लिखल्ली हुने भएपछि थाइल्यान्ड हुदै विभिन्न मुलुकको भ्रमण गर्न थालेका छन ।

नातिनिद्धय पुर्णिका र किर्तिकालाई भेट गर्न भन्दै थाइल्यान्ड जाने गरेका उनले थाइल्यान्ड हुदै विभिन्न मुलुक भ्रमण गर्ने गरेका छन । ज्ञानेन्द्र परिवार दशैँको फुलपातिको दिन मुम्बइ हुँदै नेपाल फर्कने कार्यक्रम छ । दशैं लगत्तै पुन विदेश भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS