सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आयो युवा लेखक सुविन भट्टराईको ‘प्रिय सुफी’

उपन्यासकार तथा युवा लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक विमोचन गरेका थिए ।

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढुंगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिएका थिए । साथै पुस्तकले लभलाई रिडिफाइन गरिदिएको समेत ढुंगानाले दाबी गरेका छन । पुस्तकले सबैलाई मोटिभेटसमेत गर्ने उनको भनाइ छ ।

यसैगरी नायिका आँचल शर्माले आफूले भट्टराईका अन्य कृति पढेको र यसले पनि सबैको मन छुने बताइन । कार्यक्रममा लेखक भट्टराईले यो पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा आफु विश्वस्त रहेको बताएका थिए । साथै पुस्तक पढेर प्रतिक्रिया दिन उनले अनुरोधसमेत गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्