सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धन्न बाँचे सदा ! आधा काटिएको घाँटीसंग घरमा

धनुषामा एक युवकलाई घाँटी काटेर हत्या गर्ने प्रयास गरिएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–१ मुसहरी टोलका ३० वर्षीय शिवकुमार सदालाई घाँटी रेटेर मार्ने प्रयास गरिए पनि उनी बाँच्न भने सफल भएका छन ।

आइतबार बिहान ३ बजेतिर शिवकुमार आधा रेटिएको घाँटी समातेर घर आएका थिए । रगतले लतपतिएर गम्भीर रहेका शिवकुमारलाई उपचारका लागि स्थानीय छिमेकीको सहयोगमा जनकपुर अञ्चल अस्पतालमा लगिएको उनका बुवा गरहवा सदाले बताएका छन ।

घाँटी आधिभन्दा बढी रेटिएको हुनाले छोराले आफूसँग भएको घटनाबारे बोलेर बताउन नसकेको बुवा गरहवाले जानकारी गराए । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि विमानबाट काठमाडौं पठाइएको छ ।

घटना कसले र किन गराएको भन्ने बारे खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पछिल्लो दुई महिना यता भारतसंग सिमाना जोडिएका भुभागमा हत्या र बलात्कारका घटना योजनाबद्ध रुपमा जस्तो बृद्धि भईरका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्