सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिका जाने हो ? असोज १७ बाट डिभि खुल्दैछ

के तपाइलाई अमेरिका जान मन छ ? आउनुहोस डिभि यहाँ भरिन्छ । यहाँबाट आजसम्म यतिजनाको डिभि परिसक्यो । नभरे के हो के ! भरे अवश्य पर्छ । यस्तै यस्तै आसयका विज्ञापन राखेर डिभि भर्ने दोकान थाप्ने सिजन (व्यावसायीक मौसम) फेरी सुरु भएको छ ।

अमेरिकाले सन् २०२० का लागी डाइभर्सिटी भिसा (डि.भि.) कार्यक्रमको आवेदन असोज १७ गते देखि खुला गर्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार असोज १७ गते राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इ.डि.भि.) आवेदन फारम भर्नु पर्नेछ ।

आवेदन दर्ता गर्दा पति र पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्