सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैँ धुमधामसँग मनाउँदै दर्शन समाज जापान

जापानमा रहेका ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले यसपालीको दशैं धुमधामसँग मनाउने तयारी गरेको छ । समाजको दोस्रो अधिवेशन र दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सँगै परेकाले पनि यसपालीको दशैँ बिशेष हुने समाजका अध्यक्ष सुरज मल्लले बताएका छन ।

कार्यक्रम कार्तिक ७ गते अर्थात अक्टोवर २४ तारीख कोजाग्रत पुर्णीमाको दिन हुने दर्शन समाजका अध्यक्ष मल्लले जानकारी दिएका छन । कार्यक्रम सिनओकुबोस्थित टोकियो रोधी क्लवको सभाहलमा बिहान ११ बजेबाट सुरु हुने बताईएको छ ।

दशैंको टिका ग्रहण र शुभकामना आदानप्रदानसंगै सोही दिन हुने अधिवेशनले दर्शन समाज जापानको नयाँ कार्यसमिति समेत चयन गर्ने बताईएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा गन्यमान्य व्यक्तिबाट दशैंको टिका र जमरा ग्रहण गर्ने व्यवस्था पनि मिलाईएको छ ।

कार्यक्रममा जापानमा रहेका स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुती समेत रहने छ । दर्शन समाज जापानले दशैंको टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन जापानबासी सबै ठकुरी तथा गैरठकुरी नेपालीलाई आग्रह गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्