सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिभिङ टुगेदर बसेको ब्वाईफ्रेन्ड नै छोरीको बलत्कारी

तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटमा ३० वर्षीया मन्थली क (नाम परिवर्तित) ले खाना नास्ता खुवाउने सामान्य होटल राखेकी थिइन ।

लिम्बु त्यही होटलमा बिहान–बेलुका खाना–खाजा खान्थे । श्रीमानसँग छुट्टिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो । यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो ।

उनको साथमा छोरी समेत थिइन । सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई । त्यसैले उनीहरू खुसीराजीले लिभिङ टुगेदरमा बस्न पुगे । मन्थलीले खुसीका दिन आएजस्तो महसुस गर्न थालिन ।

झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलाई नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ वर्षीया जावलाखेल क्ष (नाम परिवर्तन) लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन । समय बितेर तीन वर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो ।

एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित भइन । छोरी कतै भेटिइनन । भोलिपल्टै महानगरीय प्रहरी परिसर जावलाखेलमा खोजी दिन आग्रह गर्दै निवेदन दिइन ।

निवेदन दिएको भोलिपल्टै छोरी प्रहरी परिसरको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखीमा च्यापेर माया साटिन । तर उनको खुसीको क्षण केहीबेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुव्र्यवहार र मार्ने धम्कीले गर्दा घर छोड्नुपरेको बताइन ।

उनमा पीडा र आक्रोश थपिएपछि उक्त घटनाले नयाँ मोड लियो । प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानमा परिसरका प्रहरी अधिकारीहरू जुटे । प्रहरीले ती बालिकासँग थप बयान लियो । उनले पछिल्लो पटक जेठ १९ गते बिहान होमवर्क गरिरहेको बेला कथित बाबुले गरेका सबै कतुर्त र पीडा जस्ताको तस्तै सुनाइन ।

उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाइन । कक्षा ५ मा अध्ययनरत उनी ३ कक्षामा पढ्दाताका पनि लिम्बुबाटै बलात्कृत भएकी रहिछन ।

आमालाई रगत बगेको कुरा सुनाउँदा महिनावारी भएको भनेर प्याड लगाउन दिएकी थिइन । महिनावारी भएको बेला पनि करणी गरेर गर्भ रोक्ने औषधी खान कर गर्दै मार्ने धम्की दिएकाले छोरीले पापी बुबाको कर्तुत आमालाई सुनाएकी थिइनन ।

उता प्रहरीको नियन्त्रणमा रहेका लिम्बुले बयानमा आफ्नो अपराध स्वीकारेका छन । उनीविरुद्ध जिल्ला अदालत ललितपुरले कैद र जरिवानाको फैसला सुनाइसकेको छ । सरकारी वकिलको कार्यालयका अनुसार फैसलामा उनलाई १५ वर्षसम्म कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिइएको छ । लिम्बुविरुद्ध न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले गत भदौ २१ गते उक्त फैसला सुनाएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्