सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकका ५ करोड प्रयोगकर्ताको खाता ह्याक

फेसबुकले आफ्नो सुरक्षासम्बन्धी कमजोरीका कारण ५ करोड प्रयोगकर्ताहरूका फेसबुक खातालाई अनाधिकृत रुपमा सूचना लिने ह्याकरहरूले निशाना बनाउन खोजेको जनाएको छ ।

फेसबुकले आफूले भर्खरै अनुसन्धान थालेकोले त्यस्तो आक्रमण कसले गरेको हो त्यो थाहा नभएको जनाएको छ । उसले कुनै खाताहरूको सूचना दुरुपयोग गरिएको छ कि छैन भन्ने पनि पत्ता नलागेको जनाएको छ ।

उक्त खतरा फेसबुकको भ्यू ए्याजू नामक कोही अरूले आफ्नो फेसबुक प्रोफाइल कसरी हेर्नसक्छन भन्ने गोपनीयता सम्बन्धी सुविधामा रहेको बताइएको छ । उक्त सुविधामार्फत ह्याकरहरूले प्रयोगकर्ताको खातामा नियन्त्रण कायम गर्न सकेको पनि फेसबुकले जनाएको छ ।

ह्याकरहरूले गरेको उक्त अतिक्रमणबारे मंगलबार जानकारी प्राप्त भएको र लगत्तै त्यसबारे प्रहरीलाई जानकारी गराइएको फेसबुकले जनाएको छ । त्यसरी प्रभावित भएका सम्भावित प्रयोगकर्तालाई शुक्रबार आफ्नो खातामा पुन; लग इन गर्न भनिएको थियो ।

फेसबुकले अहिले त्यस्तो कमजोरी सुधारिसकिएको र सबै प्रभावित खाताहरूलाई रिसेट गरिएको बताएको छ । अन्य ४ करोड प्रयोगकर्ताबारे पनि पूर्व साबधानीका कदम चालिएको जनाएको छ । शुक्रबार शेयर मुल्य तीन प्रतिशतले घटेको फेसबुकका मासिक प्रयोककर्ता दुई अर्ब भन्दा बढी रहेका छन ।

फेसबुक आफ्ना प्रयोगकर्ताका तथ्याङ्क सुरक्षित गर्न सक्षम छ भनेर अमेरिका र अन्यत्रका सांसदहरूलाई सहमत गराउन संघर्षरत रहँदा उसले पछिल्लो आक्रमणको सामना गर्नुपरेको छ ।

शुक्रबार कन्फेरेन्स कलमार्फत फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकमा निरन्तर आक्रमण भइरहँदा आफ्नो कम्पनीले प्रयोगकर्ताका तथ्याङ्क सुरक्षाको विषयलाई गम्भीर रूपमा लिएको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्