तेल ट्यांकरमा गाँजा तस्करी गर्ने चालक फन्दामा
तेल बोक्ने ट्यांकरमा २९५ किलो अवैध गाँजा तस्कर गरिरहेको अबस्थामा ट्यांकर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका–२२ अम्लेखगंजका ३८ वर्षिय प्रल्हाद ठकुरी रहेका छन ।
ठकुरीलाई विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाण्डौंबाट खटीएको प्रहरी अधिकृत सहितको टोलीले मकवानपुर मनहरी गाँउपालिका ७ रमनटार स्थित लोकमार्ग नजिकबाट ट्यांकरभित्र गाँजा लुकाएर ओसारपसार गरिराखेको अवस्थामा पक्राउ गरेकोे हो ।
चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नम्बरको ईन्धन बोक्ने ट्याङ्करलाई चेकजाँच गर्ने क्रममा उक्त ट्याङ्करमा रहेका ५ चेम्बर मध्ये २ चेम्बरमा प्लाष्टिकले बाँधी २२ वटा पोका बनाई लुकाई छिपाई गाँजा भारत तर्फ लैजान लागिएको अवस्थामा प्रहरीले ट्याङ्कर चालक ठकुरीलाई पक्राउ गरेको हो ।
बरामद गरिएको गाँजा चितवन तथा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भई संकलन गरी भारत तर्फ ओसारपसार हुन लागेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । बरामद गरिएको लागू औषध गाँजाको अबैध बजार मुल्य अन्दाजी ४५ लाख बराबर पर्नजाने बुझिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्