सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सबै भ्रष्टलाई कारबाही गरे नापी र मालपोत खाली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको स्वीकार गरेका छन । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताएका छन ।

‘काठमाडौंको गोठाटारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन’ घिमिरेले अगाडि भने–‘त्यसमा ८० जनासम्म संलग्न छन । सबैलाई एकैचोटी निलम्बन गरौं भन्दा कर्मचारी व्यवस्था गरादिनुस भन्ने आयो ।’

बुधबार राज्य व्यवस्था समितिमा उपस्थित घिमिरेले धादिङमा एउटै मुद्दामा ४७ जनाविरुद्ध मुद्धा चलाएको सुनाए । भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नरहने अवस्था आएको भन्दै उनले यो अख्तियार, नागरिक समाज सबैका लागि चुनौती भएको बताएका छन ।

नापी र मालपोतका कर्मचारीले सेवाग्राहीसँग सिधै घुस नलिएर नयाँनयाँ उपाय खोजेको समेत उनले बताए । त्यस्तै, अख्तियार प्रमुख घिमिरेले कुनै पनि आयोजना निमार्णको जिम्मा नेपाली सेनालाई दिँदा ख्याल गर्न सरकारलाई आग्रह गरेका छन ।

‘जाजरकोट–दुनै सडक निमार्णका क्रममा निर्माण व्यवसायीहरुले ठूला ढुङ्गाहरु, चट्टानहरु फुटाउन सकेनन । त्यस्ता कठिन कार्यमा आर्मीलाई प्रयोग गर्नु एउटा कुरा हो’ अख्तियार प्रमुख घिमिरेले भने, ‘तर अन्य तराईका क्षेत्रहरुमा आर्मी प्रयोग गर्नु उपयुक्त हो कि होइन, सरकारले सोचोस ।’

नेपाली सेना अख्तियारको क्षेत्राधिकारभित्र पर्दैन । आफूले विगतमा रक्षा सचिव र गृहसचिव भएर समेत काम गरेको अनुभव सुनाउँदै प्रमुख आयुक्त घिमिरेले आफूहरु संवैधानिक दायरामा रहेको बताएका छन ।

घिमिरेले अख्तियारले साना माछा मात्रै समात्यो र ठूला माछा हेरेन भन्ने आरोप सत्य नरहेको बताएका छन । दुई रुपयाँ भ्रष्टाचार भएको भएपनि त्यो अपराध हो भनेर काम गरिरहेको उनले बताए । भैरहवाको एउटा मुद्धामा डीआईजीले ३ करोड भ्रष्टाचार गरेको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS