अमेरिकी डि.भि. खुल्यो नि ! यहाँ हेर्नुहोस भर्ने तरिका
के तपाइलाई अमेरिका जान मन छ ? आउनुहोस डिभि यहाँ भरिन्छ । यहाँबाट आजसम्म यति जनाको डिभि परिसक्यो । नभरे के हो के ? भरे अवश्य पर्छ । यस्तै यस्तै आसयका विज्ञापन राखेर डिभि भर्ने दोकान थाप्ने सिजन (व्यावसायीक मौसम) फेरी सुरु भएको छ ।
अमेरिकाले सन् २०२० का लागी डाइभर्सिटी भिसा (डि.भि.) कार्यक्रमको आवेदन नेपाली मिति असोज १७ गते बुधबार देखि खुला गरेको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार असोज १७ गते राति ९ः४५ बजेबाट सुरु भएको छ भने र कात्तिक २० गते राति १०ः४५ बजे बन्द हुनेछ ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://www.dvlottery.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इ.डि.भि.) आवेदन फारम भर्नु पर्नेछ ।
आवेदन दर्ता गर्दा पति, पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।
फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितकोे पत्र प्रिण्ट गर्नुपर्छ ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि आफु छनोट भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ । डिभि सम्बन्धी थप जानकारीका लागि https://www.dvlottery.state.gov/ वा काठमाडौंस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/जान दूतावासले सल्लाह दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्