सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भाञ्जाको प्रेममा डुबेपछी माइजुद्धारा श्रीमानको हत्या

भनिन्छ प्रेम अन्धो हुन्छ । अर्को पनि भनाई छ, प्रेम र युद्धमा सबै कुरा स्वीकार्य हुन्छन । एक महिलालाई यही प्रेमले यती सम्म अन्धो बनाईदिएको छ कि उनले भाञ्जासँगको मायाँ प्रेमका खातिर संगै जिवन काट्ने वाँचा गरेकी आफ्नै श्रीमानको ज्यान लिएकी छिन ।

घटना भारतको राजस्थान, जयपुर स्थित बरकत नगरको हो । ३५ वर्षीय ति महिलाले कथित आफ्ना प्रेमी भान्जासँग मिलेर आफ्नै पति राकेश सैनीको हत्या गरेकी छिन् । घटनाको जानकारी पाएपछि पुलिसले आरोपी महिला र उनका प्रेमीलाई गिरफ्तार गरेको छ ।

आरोपी महिला र उनका भान्जाबीच प्रेम सम्बन्ध चलिरहेको थियो यति मात्रै होइन प्रेमको उत्कर्षमा पुगेर महिलाले आफ्ना प्रेमीसँग अवैध शारीरिक सम्बन्ध पनि राखिन ।

महिलाका पति राकेशलाई आफ्नी पत्नी र भान्जाबीच बढिरहेको सम्बन्धका बारेमा थाहा थियो । उनलाई पत्नीले अवैध शारीरिक सम्बन्ध राखेको कुरा पनि थाहा थियो ।

टाइम्स अफ इंडियाका अनुसार, आरोपी महिलाका पति राकेशलाई जब उनीहरुको सम्बन्धका बारेमा थाहा भयो तब पत्निलाई कुटपिट गर्न थाले । जसबाट आजित भएर ती महिलाले आफ्ना प्रेमीसँग मिलेर राकेशलाई मार्ने योजना बनाइन र त्यसपछि दुईजना मिलेर उनको हत्या गरिदिए ।

पुलिसका अनुसार, हत्यापछि महिलाले पुलिसलाई फोन गरिन र भनिन् कि, मेरा पतिलाई अज्ञात समुहले हमला गरी हत्या गरेका छन् । महिलाको सूचना पाएको केही बेरमा पुलिस घटनास्थल पुग्यो । त्यसपछि प्रहरीको विशेष जांच दलले हत्या भएको ठाउँको तलासी लियो ।

जयपुरका डिपुटी पुलिस कमिश्नर राष्ट्रदीप कुवँरका अनुसार फोनमा पति–पत्नीमाथि हमला भएको भनिएको थियो तर, महिलाको शरीरमा कुनै चोट देखिएन । त्यसपछि प्रहरीले घटनामा थप रहस्य लुकेको भन्दै गहिरो अनुसन्धान थाल्यो ।

गहिरो अनुसन्धानको सुरुवात प्रहरीले महिलालाई केही प्रश्न सोधेर गर्यो । तर, महिलाले स्पष्टसँग जवाफ दिन सकिनन् । त्यसपछि प्रहरीलाई झनै शंका भयो । त्यसपछि पुलिसले महिलाको घरको तलाशी लियो ।

तलासीका क्रममा थाहा भयो की जुन कोठामा राकेशको हत्या गरिएको थियो त्यहाँ केही रगतका धब्बाहरु थिए । जसलाई पोछा लगाएर सफा गरिएको थियो । त्यसपछि महिलासँग प्रहरीले कडा सोधपुछ गरेपछि उनले घटनाको सबै पोल खोलिन ।

महिलाले बताएअनुसार उनले आफ्ना भान्जासँग मिलेर पति राकेशको घाटी रेटेकी थिईन । जसका कारण खूनका छीटा दुबैको शरीरमा लागेको थियो तर, उनीहरुले हत्यापछि आफ्नो शरीरलाई धोएर रगत पखालेका थिए ।

त्यसपछि महिलाले आफ्ना भान्जालाई घर छोडेर भाग्न पठाइन् । महिलाबाट पाएको जानकारीका आधारमा पुलिसले छापा मारेर उनका प्रेमी पवनलाई पनि गिरफ्तार गर्यो । अब माइजू र भाञ्जालाई ज्यान मार्ने उद्योगमा कम्तीमा २० वर्ष जेल सजाय हुन सक्ने प्रहरी अधिकारी बताउँछन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्