सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एकैपटक ६ श्रीमतीसँग यौनसम्पर्क गर्दा गयो ज्यान

अफ्रिका महाद्धिपको नाइजेरियामा एउटा विचित्रको घटना भएको छ । त्यसो त पतीले पत्नीमाथि अत्याचार गर्ने गरेका खबर नसुनिएका भने होईनन् । तर नाइजेरियाको यो घटनामा पीडित महिला नभएर पुरुष हुन् ।

पिडित पुरुष नाइजेरियाका युरोको ओनोजा नाम गरेका व्यक्ति हुन । जो अब यो संसारमा छैनन् । नाइजेरियाका बिनेयू युरोको ओनोजा एक करोडपति व्यापारी थिए । उनले ६ ओटी श्रीमती विवाह गरेका थिए ।

त्यसो त युरोकोको जीवनमा सबै कुरा ठिकठाक चलिरहेको थियो । तर उनले ६ ओटा विवाह गरेपछि सबै श्रीमतीलाई समान समय दिन नसकेपछी श्रीमतीहरु रुष्ट थिए । युरोकोको यस्तो व्यवहार बाँकी पाँच जना श्रीमतीलाई मन परेको थिएन ।

त्यसैले पाँच जना श्रीमती मिलेर युरोलाई त्यतिबेलासम्म बलात्कार गरे । जतिबेला सम्म उनको निधन भएन । युरोकोको बलात्कार गरेर हत्या गर्ने पाँच श्रीमतीका अनुसार छैटौँ विवाहपछि उनले बाँकी पाँच श्रीमतीलाई समय दिएका थिएनन् र उनीहरुको यौन इच्छा र चाहनालाई पुरा गर्न सकेका थिएनन् ।

अन्र्तराष्ट्रिय संचारमाध्यमका अनुसार युरोको आफ्नी छैठौँ श्रीमतीसँग यौन सम्बन्ध बनाइ रहेका थिए । त्यति नै बेला अन्य पाँच जना श्रीमती उनको कोठामा पुगे । पाँच जना श्रीमतीले आफुलाई पनि पालैपालो यौन सम्पर्क गर्न निर्देशन दिए । जसका कारण पाँचै जना श्रीमतीसँग यौन सम्पर्क गर्नु उनको बाध्यता भयो ।

किनभने उनीहरुसँग चक्कु, छुरा र अन्य हतियार पनि थियो । क्रुर श्रीमतीको दबावमा उनले पालैपालो यौन सम्पर्क गर्न थाले । चार श्रीमतीसँग यौन सम्पर्क गरेपछी पाँचौं श्रीमतीसँग यौन सम्पर्क राख्दा राख्दै उनको निधन भयो ।

श्रीमानको निधनपछि पाँचै जना श्रीमती फरार भए । प्रहरीले युरोकोका दुई श्रीमतीलाई पक्राउ गरेको छ भने अन्य चार जना अहिले फरार छन ।

एजेन्सीको सहयोगमा ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्