सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मलेसियामा १७ लाख ठगेर झापाली महिला गायव

वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्ष अघि मलेसिया आएकी झापा बिर्तामोडकी चित्रकला गिरिले ६२,५०० रिंगेट (लगभग साढे १७ लाख रुपैया) ठगेर फरार भएकी छिन । मलेसियाको जोहोर बारु राज्य स्थित Cheung Woh Technologies मा कार्यरत रहेकी गिरि ७ तारीख बेलुकी देखि एकाएक फरार भएकी हुन ।

प्राप्त जानकारी अनुसार पिडक गिरिले मन्जु भण्डारीको ४००० रिंगेट, भुमा सुनार ८००० रिंगेट, भगवत प्रसाद चौधरी १८००० रिंगेट, शिव बहादुर केसी १४००० रिंगेट, जिता देवि ओलिको ३००० रिंगेट, तारा थापा ३००० रिंगेट, चन्द्र कला गिरि १००० रिंगेट, सीता लिङथेप ७५०० रिंगेट, प्रकाश दास ४००० रिंगेट र चमेली तामाङबाट दुई तोला सुनको सिक्री लिएको खुल्न आएको छ ।

चित्रकला गिरिले आफुले लिएको ऋण दोस्रो ब्यक्तीलाई ब्याजमा दिने गर्थिन । १००० रिंगेट बराबर १०० रिंगेट ब्याज लिई २० रिंगेट आफै राखेर बाँकी रकम सम्बन्धित ब्यक्तीलाई फिर्ता गर्ने गर्थिन । सुरुसुरुमा समयमै ऋण चुक्ता गरेकीले विश्वासको आधारमा पटकपटक गरि यति धेरै रकम दिएको पीडितहरु बताउँछन् ।

फरार रहेकी गिरि प्रत्यक्ष सम्पर्कमा नआएपनि एक अन्जान ब्यक्तीले फेसबुक मार्फत अपशब्द प्रयोग गर्ने, थर्काउने, धम्की दिएर मानसिक तनाव दिने गरेको पीडितहरुले जानकारी गराएका छन् ।

पीडित भगवत प्रसाद चौधरी भन्छन–‘चित्रकला मेरी रगत कि बहिनी नभएपनी भावना कि बहिनी बनाएको थिएँ । प्रत्येक तिहारमा उनको हातबाट भाइटिका लगाउथेँ तर आज तिनै बहिनीले विश्वासघात गरिन ।’

उनले अगाडी भने–‘ऊनी भागेको थाहा पाएपछि फेसबुकमा एउटा स्ट्याटस पोस्ट गरेँ तर एउटा फेक आइडीबाट धम्कीपुर्ण भाषा प्रयोग गर्दै तेरो पैसा दश दिन भित्रमा दिन्छु । यो कुरो सार्वजनिक गरिस भने याद राख तेरो पैसा गयो । भनेर धम्काउँदै म्यासेज पठायो ।’

नाम उल्लेख नगर्ने शर्तमा अर्का पीडित भन्छन–‘आफ्नो पसिना बगाएर कमाएको धन त्यत्ति सजिलै गुम्न दिने छैनौं, जस्तोसुकै धम्की आए पनी चित्रकला विरुद्ध पुलिसमा जाहेरी दिनेछौं कानुनी उपचार खोज्नेछौं ।’ गोप्य सूचना अनुसार फरार रहेकी गिरि जोहोरबारु शहरको आसपासमा लुकेर बसेको जानकारी प्राप्त भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्