अनु मलिकले मेरो स्कर्ट माथी उठाए र पाईन्ट खोले
गायिका सोना महापात्रा र श्वेता पन्डित पछि थप दुई महिलाले संगीतकार अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका छन् । मिड डे रिपोर्टका अनुसार यी महिलाहरुले आफ्नो नाम नखुलाई उनीमाथि यौन उत्पीडनको आरोप लगाएका हुन् ।
गायनमा आफ्नो करियर बनाउन संघर्षरत यी महिलाले बयानमा भनेकी छिन्–‘सन् १९९० को दौरान अनु मलिकलाई म उनको घरमा भेट्न गएको थिएँ । उनी सोफामा मेरो छेउमा आएर बसे । त्यतिबेला मलाई लाग्यो, फँसे । किनभने घरमा अरु कोही पनि थिएन ।
उनले मेरो स्कर्ट उठाउन शुरु गरे र आफ्नो पाइन्ट उतारे । मैले उनलाई धक्का दिएर भाग्ने सोँचे तर उनी निकै ताकतवर थिए । म त्यो गर्न सक्दिन थिएँ । तर, भाग्यवस त्यतिबेला डोरबेल बज्यो । अनु मलिकले मलाई यो कुरा कसैलाई नभन्न भने ।
त्यसपछि घर पुर्याउने दौरान पनि अनुले ममाथि यौन दुव्र्यवहार गरे । राती साढे आठ बजेतिर उनले सुनसान मैदानमा कार रोके । मैले उनलाई ‘तपाईंले यो कहाँ लिएर आउनु भयो ?’ भनेर सोधे । तर, उनले आफ्नो पाइन्टको जीप खोले । ‘मलाई जान दिनुहोस्’ भन्दा पनि उनले मेरो कपाल पक्डेर ममाथि दुर्व्यवहार गरे । त्यतिनै बेला त्यहाँ गार्ड आइपुग्यो । र, म ढोका खोलेर भागेँ ।’
एक अर्की महिलाले आफूसँग घटेको घटना सुनाउँदै भनेकी छिन्–‘म अनु मलिकसँग एक स्टुडियोमा भेटेकी थिएँ । उनले मलाई अर्को बैठकमा शिफनको साडी लगाएर आउन भने ।
उनले यस दौरान मलाई मेरो ब्वाईफ्रेन्ड नभएको कारण एक्लो महसुस गर्ने गरेको होला भनेर सोधे । म त्यहाँबाट जान लाग्दा उनले मलाई जबर्जस्ती अंगालो हाले ।
स्टुडियो साउन्ड प्रुफ भएको कारण मैले कराए पनि कसैले सुन्दैन थियो । जब मैले उनलाई धकेलेर ‘के गर्नुभएको यस्तो ?’ भनेर प्रश्न गर्दा उनले आफू संवेदनशील व्यक्ति भएको र आफ्नो पत्नीबाट सुखी रहेको कुरा सुनाए ।’
यसैबीच, इन्डियन आइडलको निर्माता कम्पनीका एक पूर्व कर्मचारीले पनि अनुमाथि यस्तै आरोप लगाएकी छिन् । न्युयोर्कमा रहेर काम गर्ने ड्यानिका डिसुजाले इन्डियन आइडलको सेटमा नै आफूमाथि यौनदुव्र्यवहार गर्ने गरेको दाबी गरेकी छिन् ।
अनुको यस्तो हर्कतको बारेमा इन्डियन आइडलका शीर्ष तहलाई थाहा भए पनि उनीहरुले मौनता साँधेको पनि उनले आरोप लगाएकी छिन् । सन् २०१० मा इन्डियन आइडलसँग आबद्ध भएकी उनले करिब डेढ वर्ष त्यहाँ काम गरेकी थिइन् । यौन दुव्र्यवहारको आरोप लागिसकेपछी अनु मलिक हाल इन्डियन आइडलको जजबाट बाहिरिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्