सतिसावित्रि कोही हुन्न, शारीरिक आवश्यकता हो
शारीरिक एवं यौन शोषणको प्रसंगमा बलिउड नायिकाहरु खुल्न थालेका छन् । मि टु अभियानले त अहिले भारतमा मात्र होईन विश्वभर तहल्का पिट्न थालेको छ । यौन शोषण विरुद्धको अभियान आफ्नो ठाउँमा छ भने अर्कोतर्फ विवाह अघिको सेक्सलाई सामान्य रुपमा लिनुपर्ने बलिउड नायिकाहरुको धारणा छ ।
हेरौ यौनको विषयमा बलिउड कलाकारको धारणा के छः
दीपिका पादुकोणः
रणविर सिंहसँग विवाह बन्धनमा बाँधिने तयारीमा रहेकी नायिका दिपिका पादुकोणले केही समय अघि मात्रै ‘माई च्वाईस’ भिडियो मार्फत बिबाह अघि सेक्स गर्ने नगर्ने उसैको मर्जी भएको बताएकी थिईन् । साथै उनले बिबाह अघि शारीरिक सम्बन्ध राखेकै कारण कसैलाई पनि गलत ढंगले हेर्न नहुने धारणा राखिन् ।
राधिका आप्टेः
राधिका आप्टेको भनाई अनुसार उनका एकजना पनि साथी छैनन्, जसले विवाह अघि सेक्स नगरेका हुन् । सेक्स बिकाउ चिज भएपनि भारतीय समाजमा यसलाई वर्जित मानिन्छ । राधिका भन्छिन्–‘अचेल कोही पनि सती साबित्री भएर बस्दैनन्, यो शारीरिक आवश्यकता हो ।’
रणबीर सिंहः
सेक्सलाई सुन्दर र स्वभाविक प्रक्रिया मान्छन् रणबीर सिंह । सहमतिमा हुने यौन सम्पर्क गलत काम नभएको भन्दै यसलाई लुकाउनु जरुरी नभएको उनको भनाई थियो । उनी आग्रह गर्दै भन्छन–‘कसैले बिबाह अघि सेक्स गर्नु भएको छ भने गल्ती गरें भनेर चिन्ता नगर्नु होला ।’
सन्नी लियोनीः
आफ्नो कामकै कारण आज यो स्थान हाँसिल गरेको उनको भनाई थियो । विवाह अघिको यौन सम्पर्कका सन्दर्भमा जोगिएर भनेकी छिन् । ‘तपाईलाई जे सही लाग्छ त्यहि गर्नुस् ।’
एजेन्सीको सहयोगमा
फेसबुकबाट कमेन्ट गर्नुहोस्