यस्तो बन्यो दर्शन समाज जापानको नयाँ कार्यसमिति
दर्शन समाज जापानका संस्थापक अध्यक्ष सुरज मल्ल नेतृत्वमा रहेको कार्यसमितिको दुई बर्षे कार्यकाल सकिएपछी दोस्रो अधिवेशनमार्फत समाजको नयाँ कार्यसमिति चयन भएको छ । जापानमा रहेका ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानको बुधबार भएको अधिवेशनले भरत मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राहुल शाही चयन भएका छन भने भुवन सिंह ठकुरी र दिया शाह उपाध्यक्षमा चयन भएका छन् । समाजको महासचिवमा प्रदिप सेन ठकुरी चयन भएका छन् भने सचिवमा बिमल मल्ल र सह–सचिवमा रमिला मल्ल चयन भएका छन् ।
समाजको कोषाध्यक्षमा सिमा हमाल र सह–कोषाध्यक्षमा अनिल सिंह चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रोहितविक्रम शाह, राधेश्याम शाह, सुरेन्द्र शाही, बिशाल मल्ल, सन्दिपभुपाल सिंह, आशिष मल्ल, शम्भु मल्ल, सुस्मा मल्ल, सगुन मल्ल, पुस्पा मल्ल, चेतना मल्ल, उर्मिला हमाल, नविन शाह ठकुरी, गिरिराज शाह, पुनम शाही, रविन शाही र सचिन चन्द रहेका छन् ।
अधिवेशनबाट चयन हुने अन्य सदस्यहरुमा वर्षा शाह, प्रेरणा शाह, अर्जुन शाह, राम मल्ल, नविन सेन, नविन चन्द, गगनबहादुर शाही, शैलेश हमाल, अरुणा शाह र माधव सेन रहेका छन् । बाँकी सदस्य र सल्लाहकार समिति मनोनित समाजको पहिलो बैठकले गर्ने बताईएको छ ।
अधिवेशनले विधानलाई संशोधनसहित पारित गरेको छ । संशोधित विधान अनुसार कार्यसमिति सदस्य बढाएर आवश्यकता अनुसार २५ देखि ४१ जनासम्म रहने प्रावधान राखिएको छ ।
त्यस्तै अधिवेशनले महासचिव पद थप गर्दै सचिव र सह–सचिवसहित तिन जना सचिवको व्यवस्था गरेको छ । उपाध्यक्ष पद पनि १ जना महिलासहित २ उपाध्यक्ष र १ जना बरिष्ठ गरी ३ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
समाजका संस्थापक अध्यक्ष सुरज मल्ल ठकुरीको सभापतित्वमा भएको अधिवेशन कार्यक्रममा दर्शन समाज जापानका बरिष्ठ सल्लाहकार एवं पत्रकार महासंघ जापानका पुर्व अध्यक्ष तिलक मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
नवगठित कार्यसमितिलाई निवर्तमान अध्यक्ष सुरज मल्ल, समाजका बरिष्ठ सल्लाहकार तथा पत्रकार तिलक मल्ल, पत्रकार पवनवर्षा शाह लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनसंगै दशैंको कोजाग्रत पुर्णिमाको अवसर पारी गन्यमान्यजनबाट टिका ग्रहणको कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरुले एकआपसमा दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै टिका ग्रहण समेत गरेका थिए । अधिवेशन टोक्योस्थित टोक्यो रोधि क्लवमा भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्