सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानी राजकुमारी, जसले प्रेमिको लागी त्यागिन पद

सोमबार जापानकी राजकुमारी आयाकोको एक पराम्परागत समारोहका माझ विवाह सम्पन्न भएको छ । राजकुमारी आयाकोले आफ्नो प्रेमका खातिर राजकुमारी पद परित्याग गरेकी छिन् । जापानी कानुन अनुसार शाही परिवार भन्दा बाहिरकोसँग बिबाह गरेमा शाही पद गुम्ने व्यवस्था भएअनुसार उनले राजकुमारी पद त्याग्नु परेको हो ।

राजकुमारी आयाकोका प्रेमी/पति केहई मोरिया शाही परिवारका होइनन् । राष्ट्रिय समाचारहरुमा आयाको र उनका प्रेमी/बेहुला केहई मोरियालाई टोकियो स्थित प्यागोडा मन्दिर संरचना मेजीमा भएको विवाहमा सुस्तरी हिँडिरहेको देखाइएको थियो ।

विवाहमा आयाकोका र बेहुलाका परिवारका निम्तालु र अन्य कयैन शुभेच्छुकहरुको उपस्थिति थियो । २८ बर्षिया राजकुमारी आयाको हालका सम्राट अकिहितोकी भतिजी हुन् र उनका ३२ वर्षे बेहुला मोरिया प्रमुख जहाजी कम्पनी निप्पोन युसेनमा कार्यरत छन् ।

राजकुमारी आयाकोले हेइनन् कालको जस्तो कपाल बनाएकी थिइन् जसमा चुल्ठोसहित उनको कपाल सर्लक्क पछाडि लगिएको थियो । साथमा उनले परम्परागत पहिरनमा रातो र हरियो रङका चित्रहरु राखिएका थिए ।

जापानको शाही प्रचलन अनुसार शाही परिवारभित्र विहे गर्ने महिलालाई मात्र शाही परिवारको सदस्य मानिन्छ । तर सर्वसाधारणसँग विवाह गर्ने शाही महिलाको भने शाही हैसियत खोसिन्छ ।

आयाकोले अघिल्लो हप्ता सम्राट अकिहितोसँग शाही हैसियतमा अन्तिम पटक भेटेकी थिइन् । अकिहितोकी जेठ्ठी नातिनीले सन् २०२० मा एक सर्वसाधरणसँग विवाह गर्दै छिन् ।

अकिहितोले केही अघि आफूले राजगद्दी त्याग्ने बताइसकेका छन् । उनका जेठा छोरा युवराज नारुहितो अर्को वर्षको मे १ मा राजगद्दीमा विराजमान हुनेछन् । आयाको र मोरियाले यो वर्षको शुरुमा आफ्नो विवाहको योजना घोषणा गरेका थिए । उनीहरु दुईका आमा साथी भएकाले उनीहरुको भेट जुरेको थियो ।

उनीहरुको अनुसार पहिलो भेटमै उनीहरु एकअर्काप्रति आकर्षित भएका थिए । “हाम्रो उक्त भेट पहिलो भेटजस्तै लागेन ,”आफ्नो इन्गेजमेन्टको बेला आयाकोले रिपोर्टरहरुलाई बताएकी थिइन् । मोरियाले आफू राजकुमारीको विनयी स्वभावबाट आकर्षित भएको बताएका थिए ।

उनले भनेका छन–‘मलाई त्यही बेला उनीसँग बाँकी जीवन विताउनेछु भन्ने लाग्या ।’ आयाकोका पिता राजकुमार ताकामादोको सन् २००२ मा मृत्यु भइसकेको छ । उनी जापानी फुटबलको समर्थनमा सक्रिय थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्