सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कसैले बलात्कार गर्दैन, केटिहरुले आफ्नो मर्जिले दिन्छन्

राखी सावन्त यतिबेला तनु श्री दत्तसंगको वाक युद्ध र मि टु अभियानको कारण चर्चामा रहेकी छिन् । सधै बिवादास्पद अभिव्यक्तिहरु दिएर लाइमलाइटमा आउने राखीको चर्चा मि टु अभियानले जतिको बढि चर्चा सायदै अरु काण्डले भयो होला ।

बलिउडमा अधिकांश नायिकाहरुले मात्र होईन पुरुष कलाकर्मीहरुले समेत समर्थन जनाईरहेको मि टु अभियानमा राखी सावन्त भने बिरोधमा उत्रिएकी छिन् । तनुश्रीले तल्लो क्लासको केटी भनेपछि आगो भएकी राखीको बलिउड यात्रा र संघर्ष कम लामो छैन ।

उनले बलिउडमा जम्नको लागि नै स्तन सर्जरीसमेत गरिन् भने अडिसनमाथि अडिसन दिएर यहाँसम्म पुगेको उनको भनाई छ । राखीले मि टु अभियानको समर्थन नगर्दा उनी महिलाबिरोधी भएको भन्दै आलोचित पनि बनिरहेकी छिन् ।

बलिउडलाई बुझ्न मात्र ५ बर्ष लागेको बताउने राखीले बलिउडमा कसैले पनि बलात्कार नगर्ने दाबी गर्दै आएकी छिन् । उनी भन्छिन–“हिरोइन बन्ने भुत चढेर बिना कुनै तालिम बिना कुनै क्षमता लिएर आउँछन् । यहाँ कसैले कसैको बलात्कार गर्दैन केटीहरु आफनो मर्जीले दिन्छन् । अनि भन्छन् फिल्ममा काम देउ जे गर्न मन लाग्छ गर” ।

आफुलाई पनि सुरुवाती दिनमा यौन प्रस्तावहरु आएको तर त्यसलाई नकारेर अडिसनमाथि अडिसन दिएर आएको बताउँछिन् । उनी भन्छिन्–“मैले कसैलाई आफ्नो शरिर दिएर सफलता पाएको होईन मेहनतले दिएको हो । उनले मि टु अभियानले गलत दिशा लिईरहेको बताउँदै चर्चामा आउनको लागि यतिबेला हरकोहीले हतकण्डा अपनाएको बताएकी छिन् ।

उनी अँझै पनि तनुश्रीले नाना पाटेकरमाथि लगाएका आरोपहरु झुठो रहेको भन्दै तनुश्रीले उनको बलात्कार गरको बताउँदै आएकी छिन् । उनले तनुश्रीले ड्रग्स सेवन गर्ने, उनी लेस्बियन भएको समेत आरोप लगाएकी छिन् । तनुले राखीमाथि १० करोडको मानहानी मुद्धा दायर गरेकी छिन् भने राखीले पनि तनुमाथि ५० करोडको मानहानी मुद्धा दायर गर्ने धम्की दिएकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्