सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तिहारको बत्ति किन्दा ६० करोड देशबाट बाहिरियो

तिहार उज्यालो र उमंगको पर्व हो । अर्थात तिहार भन्ने वित्तिकै हरेक मान्छेको दिमागले सबैभन्दा पहिले सोचिहाल्ने शब्द हो झिलिमिलि बत्तीहरुको पर्व । पुराना माटोको पालामा तेलका बत्ति बाल्ने चलनलाई विस्थापित गर्दै पछिल्लो समय तिहारमा बालिने अधिकांश बत्ती विद्युतीय बत्ती हुने गरेका छन् ।

माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने धागोको बतीले झिलिमिलि बन्ने गाउँघर र शहरबजार आजकाल बिद्युतीय बत्तीले झिलिमिली हुन थालेका छन् । झन्झटिलो पनि नहुने र एकपटक खर्च गरेको मुल्यले दुई तिन बर्ष प्रयोग गर्न पाईने भएपछी विधुतीय वत्तिप्रतिको आकर्षण बढेको हो ।

अँझै लोडसेडिङको समस्या हटेपछि भने विद्युतीय बत्तीमा मानिसहरुको आकर्षण अत्यधिक रहेको पाइन्छ । वर्षौँ यस्ता बत्तीहरुमा करौडौ रुपैयाँ बाहिरिने गरेको छ । यस बर्षको तिहारमा ६० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको छ अर्थात ६० करोड रुपैयाँ बाहिरिएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेज नारायण खरेलले तिहार लक्षित विद्युतीय बत्ती ६० करोड रुपैयाँको आयात भएको बताएका छन् । उनका अनुसार तिहारको बत्ती आयात अब बन्द भइसकेको छ ।

आयात भएका बत्तीहरुको कारोबार भइरहेको छ । एकपटक प्रयोग गरेको बत्तीलाई पुन अर्को वर्ष पनि प्रयोग गर्न पाइने भएकाले विद्युतीय बत्तीप्रति आकर्षण बढेको खरेल बताउँछन् । उनका अनुसार व्यवसायीहरुले २÷३ महिना अघि देखि नै तिहारका विद्युतीय बत्ती ल्याउन थालेका हुन् ।

यस पटक उपभोक्ताले विद्युतीय बत्तीमा २० प्रतिशतसम्म बढी मूल्य तिर्नुपर्ने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार डलरको मूल्य बढेको, भन्सारदर बढेको लगायतका कारण बत्तीको मूल्य बढेको छ ।

लिड बल्वमा २० प्रतिशतसम्म मूल्य बढेको छ भने स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर लगायतको मूल्य पनि बढेको छ । दियो २० पिसको १६० रुपैयाँ देखि २०० रुपैयाँसम्म मूल्य कायम भएको छ ।

यसमा क्वालिटी भने फरक फरक हुने भएकाले सो अनुसार मूल्यमा फरक पर्ने खरेलले बताएका छन् । यस्तै उनका अनुसार लक्ष्मी, गणेश लगायत देवताको बल्ने बत्ती सानोको मूल्य ३ सय र ठुलो साइजको ११ सयसम्म रहेको छ ।

यद्यपि, बजारमा सानो साइजकै फोटोको मूल्य सातसय रुपैयाँसम्म व्यवसायीहरुले लिने गरेका छन् । तिहारको पूर्व सन्ध्यामा यस्ता बत्ती पसलमा उपभोक्ताको भिड लागेको छ । व्यवसायीले मनपरी भाउ लिँदा उपभोक्ता ठगिएका छन् । सरकारको अनुगमन प्रभावकारी नहुदा उपभोक्ताहरु मारमा परेका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्