चिनको चमत्कार, समाचार भर्चुअल वाचकले पढ्ने
एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको छ । चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ । इन्टेलिजेन्स (एआई) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो ।
चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआई समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ । यो विश्वकै पहिलो भर्चुअल समाचार बाचक हुनेछ ।
रिपोर्ट अनुसार यो समाचार बाचकले पत्रकारलाई दैनिक दिइने पैसाको पनि बचत गर्नेछ । किनकि यसले लगातार २४ घण्टासम्म काम गर्न सक्छ । अझ अर्को रोचक कुरा त के छ भने यस भर्चुअल समाचार बाचकले ब्रेकिङ्ग समाचार पढ्ने क्षमता पनि राख्छ ।
आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर चीनले तस्बिर र मानिसको आवाज मिसाइ यसमा दुरूस्तै मानिसले अनुहारमा देखाउने भाव पनि राखिएको छ । यस भर्चुअल समाचार बाचकको ओठको चालका लागि मेसिन लर्निङ्ग प्रोग्राम प्रयोग गरिएको छ । तर तपाईँले केही ध्यान दिएर हेर्नु भयो भने ओठको चाल केही नक्कली लाग्न सक्छ ।
यो भर्चुअल समाचार बाचकले अंग्रेजी र म्यान्डेरिन भाषामा समाचार पढ्न सक्छ । सिन्व्हा समाचार एजेन्सी इन्टरनेट र मोबाइल प्लेटफर्ममा रहेको छ । जसमा दुई भाषामा यो एंकरले टीभी र वेब पेजका लागि काम गर्नेछ ।
समाचार एजेन्सीले एआईमा आधारित समाचार बाचकलाई विशेष गरी ब्रेकिङ समाचारका लागि प्रयोग गरिने जनाएको छ । तपाईँले यहाँ बुझ्नुपर्ने कुरा के हो भने यो कुनै रोबोट होइन यसलाई तपाईँले भर्चुअल समाचार वाचक भन्न सक्नुहुन्छ ।
बीबीसीको एक रिपोर्ट अनुसार यूनिभर्सिटी अफ अक्सफोर्डका माइकल भुलरिजले यो समाचार बाचकले मान्छे जस्तै देखिन खोजे पनि वास्तवमा त्यस्तो नहुने बताएका छन् । उनले बीबीसीलाई बताए अनुसार यस्तो समाचार बाचक केही मिनेट भन्दा धेरै देख्न सकिन्न किनकि यो धेरै सपाट छ यसमा कुनै विविधता पनि छैन ।
सिन्व्हा समाचार एजेन्सीले भनेको छ–‘यो ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स सिन्थेसिसमा क्रान्ति नै हो । वास्तविक समाचार वाचकको अनुहारको भाव, ओठको हाउभाउका लागि ‘मेसिन लर्निङ्ग’ को प्रयोग गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्