सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्यानडा पार्लामेन्टद्वारा मित्र काफ्ले सम्मानित

लामो समय देखी क्यानडा रहदै आएका सामाजिक अभियन्ता मित्र काफ्ले क्यानडा गभरमेन्ट  तथा  पार्लामेन्ट अफ क्यानडाबाट सम्मानित भएका छन् ।

क्यानडामा रहेर सामाजिक, राजनीतिक तथा ब्यापारिक काममा  सकृय काफ्लेलाई क्यानेडियन सोसाइटीलाई  महत्वपूर्ण भूमिका पुर्याएको भन्दै मेम्बर अफ पार्लामेन्टको तर्फबाट सम्मानिय दिपक ओभ्रायले सम्मान पत्र प्रदान गरेका थिए । 

Certificate of Appreciation MITRA KAFLE Volunteerism is what defines CANADA. Your volunteerism has enhanced the Quality of life for Canadians and made our country the envoy of the world on behalf of all Canadians and with great pleasure, I present this Certificate for your outstanding Contribution. सम्मानपत्रमा उल्लेख छ ।

पार्लामेन्टको यो सम्मानले आफूलाई समाजप्रती थप उत्तरदायी बन्न प्रेरणा मिलेको काफ्लेले बताए । उनले भने,  ‘म सिङगो नेपालको प्रतिनिधित्व गर्दै क्यानडाको विभिन्न सामाजिक, राजनैतीक र ब्यापारिक अभियानमा निरन्तर लागिरहेको छु , यस्ता उत्प्रेरणादायिक सम्मानले मलाई नेपाल र नेपालीलाई चिनाउन थप उर्जा दिएको छ ।’  

फेसबुकबाट कमेन्ट गर्नुहोस्