सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतमा पाईलटले विमान अपहरणको सुचना दिएपछी

१३३ जना सवार विमान अपहरणको सूचनाले भारतको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा हल्लीखल्ली मच्चिएको छ । अरियाना अफगान एयरलाइन्सको विमानका क्याप्टेनले शनिबार दिउँसो विमान अपहरणमा परेको सन्देश प्रवाह गरेका थिए ।

त्यसपछि विमानलाई टेकअफ गर्नुभन्दा अगाडि नै रोकियो । जाँच गर्दा क्याप्टेनले झुक्किएर अपहरण परेको सूचना दिने अलार्म बजाएको बताएका थिए । त्यसपछि पनि सूरक्षा अधिकारीहरुले पूरै विमान जाँच गरे जसका कारण विमान उड्न दुई घण्टा ढिला भयो ।

दिल्लीबाट कान्धहार जान लागेको उक्त विमानमा ९ क्रु मेम्बरसहित १२४ जना यात्रु थिए । यो विमान शनिबार दिउँसो ३ः३० बजे भारतको इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट उड्नुपर्ने थियो । त्यहीबेला पाइलटको तर्फबाट विमान अपहरणमा परेको सन्देश पठाइएको थियो ।

त्यसपछि सुरक्षा अधिकारीहरुले रनवेमै विमानलाई चारैतिरबाट घेरा हालेका थिए । त्यसपछि सुरक्षा अधिकारीहरुले सोधपुछ गर्दा पाइलटले आफ्नो को–पाइलटलाई अलर्टको प्रक्रियाबारे जानकारी दिन खोज्दा गल्तीले अपहरणमा परेको सन्देश दिने अलार्म बजेको बताएका थिए ।

यसका लागि पाइलटले अलार्म सिस्टममा कोड नम्बर ७५०० राखे, जसको मतलब विमान हाइज्याकमा परेको सूचना दिनु हो । यसै क्रममा गल्तीले अलार्म बटन थिचियो र एयर ट्राफिक कन्ट्रोल रुममा विमान अपहरणमा परेको सन्देश गयो । नागरिक उड्डयन सुरक्षा अधिकारीहरुका अनुसार पूरै जाँच गरेपछि मात्रै विमानलाई उड्न दिइएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS