सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा बाल आत्महत्यादर तिन दशक यताकै उच्च

तीन दशक यता नै पहिलो पटक जापानमा बाल आत्महत्या दर सबैभन्दा बढि रहेको जापानी शिक्षा मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०१६ देखि २०१७ को मार्च सम्ममा प्राथमिक देखि उच्च माध्यमिक बिद्यालय सम्मका २ सय ५० जना बालबालिका तथा किशोरले आत्महत्या गरिसकेको सरकारी तथ्याँकमा उल्लेख गरिएको छ ।

यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच गुणा बढि तथा सन् १९८६ यताकै सबैभन्दा बढि रहेको बताइएको छ । ति आत्महत्याका प्रमुख कारण पारिवारिक समस्या, भविष्य प्रतिको चिन्ता र बिद्यालयमा दिइने गरेको शारिरिक र र मानसिक यातना रहेको विशेषज्ञहरु बताउँछन् ।

तर सम्बन्धित बिद्यालयहरुले भने करिव १ सय ४० जना बिद्यार्थीले आत्महत्या पत्र नलेखेकाले तिनीहरुको आत्महत्याको वास्तविक कारण थाहा हुन नसकेको जनाएका छन् । यसरी आत्महत्या गर्नेहरुमा सबै अठार वर्ष उमेर सम्मका रहेका छन् ।

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का अनुसार सन् २०१५ मा जापान विश्वकै सबैभन्दा उच्च आत्महत्या दर भएका राष्ट्र मध्ये एक भएको र सोही वर्ष देखि सरकारी स्तरमै आत्महत्या रोकथामका उपायहरु अपानाइएकाले आत्महत्याको संख्यामा कमि आउन थालेको जनाएको छ ।

प्रहरीका अनुसार जापानमा सन् २०१७ मा आत्महत्या गर्नेहरुको कूल संख्या घटेर करिव २१ हजार रहन गएको थियो । सन् २००३ मा यहि संख्या करिव ३४ हजार ५ सय रहेको थियो । तर अहिले आएर बढ्दो बाल आत्महत्या दर जापानको ठूलो सामाजिक समस्या बन्न गएको छ ।
एजेन्सीको सहयोगमा

फेसबुकबाट कमेन्ट गर्नुहोस्