सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘कार्टुन क्रु’ कि आश्माले किन छाडिन सरोजको साथ ?

कार्टुन क्रु मा सरोज अधिकारीकी जोडी बनेर चर्चामा आएकी आश्मा बिश्वकर्माले सरोजको साथ छोडेकी छिन् । उनले अब सन्नी सिंहसँग सहकार्य गर्ने भएकी छिन् । पछिल्लो सिरिज ‘ट्वान्टी फस्र्ट लभ’को सफलतासँगै मिडिया स्केपले सरोज र आश्माको जोडी तोडिदिएको हो ।

यो कम्पनीले अर्को सिरिज ‘यू एण्ड मी’ निर्माण गर्ने भएको छ । यहि सिरिजमा आश्मा र सन्नी जोडीका रुपमा प्रस्तुत हुने भएका हुन् । टेलिभिजन र युट्युवमा आउने उक्त सिरिजको टिजर, ट्रेलर पनि निर्माण टिमले सार्वजनिक गरेको छ ।

सिरिज कहिलेबाट प्रसारणमा आउँछ भन्ने कुरा भने सार्वजनिक भएको छैन् । निर्देशक सरिन पोख्रेलले युवा वर्गलाई लक्षित गरेर दुई पुस्ताको पारिवारिक माया प्रेम, कमेडी र सामाजिक जनचेतनाका कुरालाई समेट्दै सिरिज तयार गर्न लागिएको बताएका छन् । यो सिरिज कान्तिपुर एजडी टेलिभिजनमा प्रसारण हुनेछ ।

‘यू एण्ड मी’मा आश्मा र सन्नीका साथमा श्याम राई, विशाल पहारी, बिजय अधिकारी, तमन्ना केसी, जित तामाङ, परिक्षित बिक्रम राना, अभिप्सा खनाल, प्रकाश बुढाथोकी, जय जगदिश अधिकारी, उमा कार्की र संगिता बस्याल पनि देखिने छन् । ‘यू एण्ड मी’मा संगीत एलिस कार्की र कोवित बज्रको रहनेछ भने सम्पादन रामप्रसाद चौधरीको रहनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्