जापानमा के गदैछन् परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पाँच दिने भ्रमणको क्रममा जापान आईपुगेका छन् । शनिबार नेपालबाट जापान प्रस्थान गरेका मन्त्री ज्ञवाली जापानी परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा आएका हुन् ।
जापान आए लगत्तै मन्त्री ज्ञवाली गैर आवासीय नेपाली संघ जापानले आयोजना गरेको नेपाल र जापानको कुटनैतिक सम्बन्ध बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागी भएका छन् । अन्र्तक्रिया कार्यक्रमा मन्त्री ज्ञवालीले जापानमा रहेका गैर आवासीय नेपालीलाई नेपालको आर्थिक विकासको सहयात्री बन्न आग्रह गरेका थिए ।
नेपाली राजदुतावासद्वारा जारी विज्ञप्ती अनुसार मन्त्री ज्ञवालीले अन्र्तक्रिया कार्यक्रममा देशको वर्तमान राजनैतिक अवस्था र सरकारका प्राथामीकताका बिषयमा जानकारी गराएका थिए । उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा जापानको सिप र प्रविधिलाई जोड्न गैर आवासीय नेपालीसँग आग्रह गरेका छन् ।
मङ्सिर ३ गते सोमबार परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली टोली र जापानका परराष्ट्र मन्त्री तारो कोनो नेतृत्वको टोलिबिच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।
जापान आईपुगेका परराष्ट्रमन्त्री ज्ञवालीको स्वागतमा जापानस्थित राजदुतावासले रात्रिभोजको आयोजना गरेको छ । रात्रिभोजपछी मन्त्री ज्ञवाली आफ्नो जापान भ्रमणबारे जानकारी दिन दुतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।
भ्रमणका क्रममा मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यस्तै मन्त्री ज्ञवालीले नेपालमा लगानीका सम्भावना, अवसर र सुरक्षा सम्बन्धि जानकारी दिन आयोजना गरिएको ‘नेपाल लगानी कार्यशाला’लाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्नेछन् ।
जापान बसाईका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले जापानमा रहेका बिभिन्न गैर आवासीय नेपाली संघ संस्थाका प्रतिनिधिहरुसँग भेटघाट गर्नेछन् । जापानबाट फर्किने क्रममा ज्ञवालीले मङ्सिर ६ र ७ गते थाइल्याण्डको भ्रमण पनि गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्