सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेलो सरकार घुसबिना काम हुने ठाउँ कहाँ छ देशमा ?

नेपाली कर्मचारीतन्त्रमा चाकडी र घुसको महिमा अझै कति महान छ भन्ने दुईवटा उदाहरण मंगलवार एकसाथ सार्वजनिक भएको छ । एकातिर मागेको घुस रकम दिन नसक्दा एउटा योग्य डाक्टरले वीर अस्पताल छोडनु परेको दुःखद प्रसंग मंगलबार सार्वजनिक भएको छ भने अर्को तिर जिल्ला न्यायाधीवक्ता घुसवापत लिएको रकम सहित पक्राउ परेका छन् ।

चाकडी गर्न नसक्दा र घुसको रकम पुर्याउन नसक्दा वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले राजीनामा दिनु परेको छ । अधिकारीले उप–प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

सोमबार मन्त्रालयमा बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ । विगत १ वर्षदेखि तलब बिना नै काम गर्दै आएको र वीर अस्पतालले बारम्बार पत्र लेख्दा पद खाली भएको र अन्य उम्मेदवार समेत नभएको अवस्थामा आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको समेत पत्रमा उल्लेख छ ।

अख्तियारको नजर यता पर्न नसके पनि मंगलबार दिउँसो रुपन्देहीमा पुग्दा ठूलै ओहदामा आसिन अर्थात जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला भने ८० हजार घुस रकम सहित पक्राउ परेका छन् । जतिसुकै सुशासनको नारा दिए पनि नेपाली कर्मचारीतन्त्रमा मन्त्रीहरुको वदनियत र कर्मचारीको कार्यशैली सच्चिने संकेत समेत देखिएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्