सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

श्रृंखला खतिवडा मिस वल्र्ड बन्ने सम्भावना, टप फाईभमा

मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप फाइभमा परेकी छिन् । यो मिस वल्र्ड आयोजकको आधिकारीक घोषणा त होईन तर एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो नम्बरमा परेकी हुन् ।

उनले भारत, चीन, फिलिपिन्स लगायतका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् । मिस नेपाल श्रृंखला खतिवडा यस सिजनको सबैभन्दा प्रबल दाबेदार प्रतियोगीका रुपमा रहेको गो पेजेन्ट नामक च्यानलको दावी छ ।

श्रृंखलाको अनुपम सौन्दर्य, उनको सामाजिक व्यवहार र विद्धताले उनलाई बलियो प्रतिस्पर्धी बनाएको उक्त रिपोर्टमा उल्लेख छ । साथै ब्यूटी वीथ पर्पोजमा श्रृंखला खतिवडाले देखाएको पर्फर्मेन्स सबैभन्दा उत्कृष्ट रहेको जनाएको छ ।

श्रृंखलाले ब्यूटी वीथ पर्पोजमा मकवानपुरको विकट क्षेत्रका चेपाङ वस्तीमा आफ्नो पहलमा स्वास्थ्य केन्द्र स्थापना गरेकी थिइन् । यस्तै गो पेजेन्टले नै तयार पारेको टप फिप्टिन लिष्टमा भने श्रृंखला खतिवडा पहिलो नम्बरमा रहेकी छिन् ।

श्रृंखला खतिवडालाई मिस वल्र्ड बनाउन कसरी गर्ने त भोट ?
१. मोब्स्टार (Mobstar) नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने
४.निलो थोप्लो भएको प्रोफाइल श्रृंखलालाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)
५. प्रोफाइल भित्र गइ फोटो, भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)
६. कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ
७. जतिसक्दो सेयर गर्ने

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS