सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शिक्षकमाथी २२ बर्षिया युवती बलत्कार गरेको आरोप

बलात्कार र हत्या अहिले नेपाली समाजका लागी कुनै नौलो बिषय भएन । दैनिक कम्तीमा एकदुई ओटा बलात्कार र हत्या जस्ता यौनजन्य हिंसाका घटना सार्बजनिक भएकै हुन्छन् । समाजमै सामसुम मिलाउने र जानकारीमै नआउने त कति छन् कति । त्यसको कुनै लेखाजोखा छैन ।

राजधानी काठमाण्डौमा बलात्कारको अर्को एउटा घटना सार्बजनिक भएको छ । आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्य छन् ।

उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि भट्टचार्य पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई पक्राउ गरेको हो ।

पछिल्लो पटक काठमाडौं–६, महाँकालस्थित जेसर होटलमा आफू बलात्कृत भएको ती युवतीको दाबी छ । भट्टचार्यमाथि करणी मुद्दामा ५ दिन म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बलत्कार भएको हो या आरोप झुट हो त्यो भने अनुसन्धान पछी मात्रै खुल्ने प्रहरीले जनाएको छ । यसअघि ललितपुरमा पनि एक महिलालाई बलत्कार गरी भिडियो बनाएर धम्की दिँदै पटकपटक बलात्कार गरेको समाचार बाहिरिएको छ । सो घटनाका बारेमा पनि ललितपुर प्रहरीले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य अनुसन्धानपछी मात्रै खुल्ने बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्