सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मिस वल्र्डको टप फाईभमा मिस नेपाल, भोट गर्नुभयो ?

मिस वल्र्डमा भाग लिईरहेकी मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को उत्कृष्ट पाँच दावेदारको सुचीमा परेकी छिन् । मिस वल्र्ड आयोजकको आधिकारीक घोषणा त होईन तर एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का दाबेदार सुन्दरीहरुको सूचीमा मिस नेपाल श्रृंखला खतिवडा चौथो नम्बरमा परेकी हुन् ।

मिस नेपाल श्रुंखला खतिवडाले भारत, चीन, फिलिपिन्स लगायतका सुन्दरीहरुलाई समेत पछि पार्दै टप फाईभको सुचीमा दरिलो रुपमा प्रस्तुत भएकी छिन् । यस सिजनको सबैभन्दा प्रबल दाबेदार प्रतियोगीका रुपमा मिस नेपाल श्रृंखला खतिवडा रहेको गो पेजेन्ट नामक च्यानलले तयार पारेको रिपोर्टको दावी छ ।

श्रृंखलाको सौन्दर्य, सामाजिक व्यवहार र विद्धताले उनलाई मिस वल्र्डको बलियो प्रतिस्पर्धी बनाएको उक्त रिपोर्टमा बताईएको छ । साथै ब्यूटी वीथ पर्पोजमा श्रृंखला खतिवडाले देखाएको पर्फर्मेन्स सबैभन्दा उत्कृष्ट रहेको पनि रिपोर्टले जनाएको छ ।

ब्यूटी वीथ पर्पोजमा मिस नेपाल श्रृंखला खतिवडाले मकवानपुरको विकट क्षेत्रका चेपाङ वस्तीमा आफ्नो पहलमा स्वास्थ्य केन्द्र स्थापना गरेकी थिइन् । यस्तै गो पेजेन्टले नै तयार पारेको टप फिप्टिन लिष्टमा भने श्रृंखला खतिवडा पहिलो नम्बरमा रहेकी छिन् ।

श्रृंखला खतिवडालाई मिस वल्र्ड बनाउने नबनाउने भन्ने बिषयमा अब तपाई हाम्रो भोटले मुख्य भुमिका खेल्ने छ । पुर्ण भुमिका भोटिङको नभए पनि पपुलारिटीमा उत्कृष्ट भएमा उनको मिस वल्र्ड बन्ने सम्भावना निकै बलियो हुनेछ । भोट गर्नलाई पैसा तिर्नुपर्ने अथवा त्यस्तो कुनै झन्झट बेहोर्नुपर्ने छैन । नेट भएमा मोवाईलमा एउटा एप्लीकेसन डाउनलोड गरि तल दिइएको तरिकाबाट भोट गर्न सकिनेछ । आउनुहोस् सबै मिलि श्रृंखला खतिवडालाई मिस वल्र्ड बनाउँ ।

मिस नेपाल श्रृंखला खतिवडालाई मिस वल्र्ड बनाउन भोट गर्ने तरिका
१. एन्ड्रोइड फोनको प्ले स्टोर र आईफोनको एप्स स्टोरमा गएर मोब्स्टार (Mobstar) नामक एप डाउनलोड गर्ने
२. फेसबुक, ट्वीटर जस्ता कुनै पनि सामाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने
३. एप्लीकेसनको सर्च गर्ने ठाउँमा अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने
४.निलो थोप्लो भएको श्रृंखला खतिवडाको प्रोफाईललाई फलो गर्ने (आइओएसमा पहेँलो थोप्लो)
५. प्रोफाइल भित्र गइ श्रृंखलाको फोटो, भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)
६. कमेन्ट गर्ने । किनकी कमेन्ट पनि भोटमा गणना हुन्छ
७. जतिसक्दो सेयर धेरै गर्ने

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS