गृहमन्त्रीकै अगाडी विष खाए पुर्वलडाकु कुलप्रसादले
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकक्षमै एक पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारस्थित कार्यकक्षमा गृहमन्त्री थापालाई भेट्न पुगेको बेला आत्महत्याको प्रयास गरेका हुन् ।
गृहमन्त्री बादलसँग कुराकानी गरिरहेका बेला भट्टराईले खल्तीबाट विष निकालेर सेवन गरेको गृह मन्त्रालय स्रोतले बताएको छ । सिंहदरबार प्रहरीका अनुसार भट्टराईले यसअघि पनि विष सेवन गरेको हुनसक्ने आशंका रहेको छ ।
हाल भट्टराईको वीर अस्पतालमा उपचार भइरहेको छ भने उनको रगत टेष्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अस्पताल स्रोतका अनुसार भट्टराई खतरामुक्त रहेका छन् ।
पुर्व माओवादी लडाकु भट्टराईले किन विष सेवन गरे भन्ने कारण भने खुलाईएको छैन । उनले गृहमन्त्रीसँग के कुरा गर्दै थिए र विष सेवन गर्नुको कारण स्वयं भट्टराई र गृहमन्त्रीलाई मात्र थाहा छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्