हस्तमैथुन मेरा लागी कफी पिउनुजस्तोः स्वेता त्रिपाठी
मिर्जापुरमा आफ्नो हस्तमैथुनको दृश्यका कारण बलिउड नायिका श्वेता त्रिपाठी यतिबेला खुबै चर्चामा छिन् । पहिलो पटक यस्तो बोल्ड अवतारमा पर्दामा आइरहेकी श्वेताले सुटिङको अनुभव सुनाएर सबैलाई चकित तुल्याएकी छिन् ।
उक्त दृश्यबारेको कुराकानीमा उनी भन्छिन्–‘महिला पुरुषलाई मन पराउँछन् । उनीहरुको पनि यौन आवश्यकता हुन्छ । जब मैले सीन पढें र पूरा ग्राफ बुझेँ तब मलाई आफ्नो सीन बोल्ड पटक्कै लागेन ।’
श्वेताका अनुसार हस्तमैथुनको दृश्य कफी पिउनुजस्तो र साधारण थियो । श्वेताको यो सीन वेब सिरिजमा उनको परिचय दृश्य हो । मिर्जापुरमा श्वेता लाइब्रेरीमा नै हस्तमैथुन गरिरहेको देखिन्छिन ।
दृश्यमा देखिए अनुसार गोलू गुप्ता (श्वेता) लाइब्रेरीमा बसेर एक किताब पढिरहेकी छिन् । यस्तै, गोलूकी दिदी उनलाई खोजिरहेकी छिन् । उनी गोलूलाई कोठाको एउटा कुनामा पसिनाले भिजेको अवस्थामा भेटिन्छिन् । उनले सोध्छिन–‘भेटियो पूरा संसारको जानकारी ?’ यसमा गोलू जवाफ दिन्छिन–‘पाएँ दिदी, स्वर्गको त पाएँ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्