सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्याङ्जाका चिरञ्जिवीले गरे भुपु गर्लफ्रेन्डको सराद्ध

सामाजिक सञ्जालमा भाईरल हुनलाई त्यस्तौ कुनै बिशेष कारण हुनुपर्छ भन्ने छैन । मान्छेलाई मन पर्ने र सामान्य भन्दा अलिक फरक भयो भने यो यत्तिकै भाईरल भईरहेको हुन्छ । सामाजिक सञ्जाल फेसबुकमा अहिले यस्तै एउटा स्ट्याटस भाईरल भएको छ ।

भुपु गर्लफ्रेन्डको सराद्धे गर्ने तरिका भनेर स्याङ्जाका चिरञ्जिवि ढकालले पोष्ट गरेको स्ट्याटस अहिले फेसबुकमा छ्यापछ्याप्ती भएको छ । उनको टाईमलाईनमा भन्दा बढि कपि गरेर अन्य ग्रुप र पेजमा सेयर गरिएको ठाउँमा बढि हेरिएको छ । पढौँ भुपु गर्लफ्रेण्डको श्राद्धे गर्ने तरिका जस्ताको तस्तैः

😁😁😁 भूपू गर्लफ्रेण्डकाे सराद्ध 😁😁😁

💔“म तेराे लागि मरिसकें”💔भन्ने डाइलग हानेर छाेडी गएकी EX girlfriend काे सराद्ध साेह्रश्राद्धकाे अन्तिम दिन औँशीमा गर्नुपर्दछ भनी “चिरञ्जीवीपुराण” मा लेखिएको छ ।

***********

श्राद्ध गर्ने विधि यस्तो छ –

अगाडि टपरीमा चामल, चामलमाथि उसकाे फाेटाे राख्ने ।

माेबाइलमा “नरेश पातली” काे अावाजमा
“उ जितेर गै या हारेर गै” भन्ने गाना बजाउने ।

जनै घाँटीबाट फुकालेर काँटीमा झुण्डाउने,

एउटा बाेतल हातमा लिएर माझीअाैँला (middle finger)बाट बियरकाे धाराे चुहाउँदै भन्ने –

ॐ फलानाे ठाउँ बस्ने फलानी नाम गरेकी मेरी भुपू छम्मा तृप्यन्ताम् तृप्यन्ताम् ! 😁

ॐ उसलाई गरिदिएकाे सपिङ, रिचार्जकाे खर्च तृप्यन्ताम् तृप्यन्ताम् ! 😁

ॐ डेटिङ जाँदा बाइककाे पेट्राेल तृप्यन्ताम् ! 😁

अब,
रिचार्ज कार्ड, सपिङकाे बिलहरू एकै ठाउँमा पाेकाे पारेर गाेलाे पिण्ड बनाउने !

त्यसपछि हल्का “दुखी अात्मा” वाला फिलिङ गर्दै तलकाे मन्त्र पढेर पिण्ड दिने –

” बरू रगत लिएर गएकाे लामखुट्टेले Blood report लिएर फिर्ता अाउँछ, तर मलाई भुक्का बनाएर हिँडेकी छम्मा फिर्ता अाउँदिन ! ॐ भूपू छम्मायै स्वधा ! पिण्डं समर्पयामि ।” 😁

त्यसपछि नुहाउने, फ्रेस हुने अनि हात जाेडेर याे मन्त्रले प्रार्थना गर्ने –

काला गए गाेरा अाउँछन् स्वाहा !
खुट्टा भए जुत्ता टन्नै पाउँछन् स्वाहा !

😂😁😁सराद सकियाे 😁😂😂

चिरञ्जिवी ढकालले पोष्ट गरेको स्ट्याटस हेर्नका लागी यहाँ क्लीक गर्नुहोस् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्