डडेल्धुरा बस दुर्घटना, १६ को मृत्यु, मृतक अँझै बढ्ने
डडेल्धुराको अमरगढीमा लाग्ने उग्रतारा मेला मानेर फर्कने क्रममा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । से १ च २९३ नम्बरको सो स्कुल बस बिहीबार साँझ डडेल्धुरा र डोटी जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटना भएको हो ।
केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने रडुवा खोलामा स्कुल बस दुर्घटना भएको हो । पिस जोन एकेडेमीको स्कुल बस भए पनि बसमा मेला भर्न गएका सर्वसाधारण यात्रु सवार रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा हालसम्म जानकारीमा आएअनुसार २७ जना घाईते भएको बताईएको छ । घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।
राति भएकाले केही घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । बस सडकबाट पाँच सय मिटर तल खोल्सोमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
घाइतेलाई उपचारका लागि आसपासका अस्पतालमा पुर्याइएको छ । उद्दारका लागी जिल्ला प्रहरी कार्यालयका डिएसपीको नेतृत्वको प्रहरी टोली र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्