सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हिन्दु राष्ट्रको पक्षमा महामन्त्रीको धारणा पार्टीको हो ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने वकालत गरेका छन् । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग समेत गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उनले हिन्दु धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रण समेत गरेका छन् ।

उद्घाटन कार्यक्रममा महामन्त्री कोइरालाले भने–‘ आउँदो दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु धर्म भनेर जनमत संग्रह हुनुपर्छ ।’ यो उनको व्यक्तिगत धारणा हो या पार्टीको तर्फबाट बोलेका हुन यो भने उनले खुलाएका छैनन् ।

महामन्त्री कोइरालाले हिन्दु धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा जनताको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।

काँग्रेस महामन्त्री कोइरालाले हिन्दु धर्मले भगवान आफै भित्र खोज्न भनेको उल्लेख गर्दै धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने तर्क पनि गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार मुलुक धर्म निरपेक्ष राष्ट्र हो । तर त्यस सम्बन्धमा जनताले आफ्नो निर्णय लिन जनमत संग्रहमा जान उपयुक्त हुने काँग्रेस महामन्त्री कोइरालाको धारणा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS