सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छोरीको न्याय खोज्दै हिँडेका निर्मलाका बुवा डिप्रेशनमा

सरकारले कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको बलत्कार पछी भएको हत्याका दोषि पक्राउ नपरेपछी छोरीको बलत्कार गरी हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ ।

केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् । १३ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका उनी बरबराउने, रुने, गालीगलौज गर्ने गर्न थालेका छन् । पन्तले ‘कि मलाई गोली हानेर मार, नत्र बन्दुक खोसेर हान्छु’ भन्ने गरेको धर्नामा बसेकाहरुले बताएका छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको पुष्टि गरेका छन् । उनका अनुसार थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ तर, परिवारका सदस्यहरुले निर्णय लिइसकेका छैनन् । परिवारको निर्णयपछि ४ जनासम्मलाई काठमाडौ पठाउने तयारी रहेको विष्टले जानकारी दिएका छन् ।

उनको सामान्य उपचारका लागि चिकित्सकको टोली धर्नास्थल पुगेको थियो । साउन १० मा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन् । तर, हत्यारा अझै पत्ता लागेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्