घोटाला छानविन गर्न मन्त्रीले नै गुहारे अख्तियारलाई
नेपाल वायुसेवा निगमका दुई वाईड बडी विमान खरिदमा करिब ६ अर्ब ५९ करोड घोटाला भएको छानबिनमा देखिएपछी पर्यटन मन्त्री स्वयंले छानबिनका लागी अख्तियारलाई गुहारेका छन् । वाईड बडी खरिदमा पर्यटनमन्त्री मुछिएपछी उनले घोटाला भए नभएको छानबिन गरी दोषिलाई कारबाही गर्न अख्तियारलाई आग्रह गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कारबाही गर्ने समेत बताएका छन् । उनले विमान खरिद प्रकरणको गम्भीरतापूर्वक छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत आग्रह गरेका हुन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने नियतका साथ छानबिन भने नगर्न आग्रह गरेका छन् । विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको भन्दै उनले गलत गर्नेमाथि कडा कारबाही गर्न मन्त्रालय तयार रहेको बताएका छन् ।
मन्त्री अधिकारीले संसदीय समिति, अख्तियार लगायतको छानबिन प्रतिवेदन नआएसम्म धैर्य गर्न पनि सबैलाई आग्रह गरेका छन् । उनले आगामी मार्चभित्र वाइडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना रहेको पनि सुनाएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्