सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गगन थापाको प्रस्तावले कांग्रेसका बुढाहरु झसंग

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका छन् । पार्टी केन्द्रीय कार्यसमितिमा विधानमाथि भएको छलफलमा भाग लिँदै थापाले पार्टीको कार्यकारी पदहरुमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका हुन् ।

पार्टीमा कुनै उमेर हद छैन । विधान संशोधन मस्यौदा समितिले पनि कुनै उमेर हद तोक्ने प्रस्ताव गरेको छैन । तर, कांग्रेसले हालै मात्र भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ बर्षे उमेर हद लागू गरेको छ ।

नेता थापाले धेरैभन्दा धेरैलाई पार्टीको सदस्यता दिने र उनीहरुको प्रत्यक्ष मतका आधारमा सभापति चुन्नु पर्ने पनि बताएका छन् । यसरी चुनिने सभापतिलाई पदाधिकारी मनोनित लगायतका अधिकार दिन सकिने उनको धारणा छ ।

कांग्रेसमा सक्रिय सदस्यहरुबाट चुनिने केही हजार महाधिवेशन प्रतिनिधिले सभापति चुन्छन् । उनले केन्द्रीय कमिटीको आकार ठूलो बनाउन र अनुशासन समितिलाई महाधिवेशनबाट चुन्न पनि माग गरेका छन् ।

अनुशासन समितिलाई विधान उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्ने अधिकार दिनुपर्ने उनको प्रस्ताव छ । तर, समितिका सदस्यहरुले पार्टीका अन्य पदका साथै आम चुनाव लड्न पनि नपाउने उनको प्रस्ताव छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्