दुई अमेरिकी लडाकु विमान जापानी समुद्रमा दुर्घटना
जापानको हिरोसिमा क्षेत्रको इवाकुनीमा तेल भर्ने क्रममा अमेरिकी सैनिकका दुई ओटा लडाकु विमान एक आपसमा ठोक्किएर प्यासिफिक महासागरमा दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ७ जना नौसैनिक मध्ये ६ जना वेपत्ता भएको अमेरिकी रक्षा विभागले जनाएको छ ।
दुर्घटनामा परेका एक जना सदस्यलाई भने उद्दारमा खटिएको जापानी उद्दारकर्ताको टोलीले गम्भिर अवस्थामा उद्दार गरेको जनाईएको छ । स्थिर अवस्थामा उद्दार गरिएका उनलाई उपचारका लागी हस्पिटलतर्फ पठाइएका जापान टुडे अनलाईनमा समाचार प्रकासीत भएको छ । दुर्घटना बिहान १ बजेर ४० मिनेट जाँदा भएको हो ।
अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कप्र्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् । विमान दुर्घटनास्थल कोचि क्षेत्रको समुद्री किनारभन्दा करिब ३२० किलोमिटर टाढा समुद्री भागतर्फ पर्दछ ।
वेपत्ता सैनिकहरुको खोजी कार्यका लागि चिकित्सक सहितको क्रु मेम्बर टोली परिचालित छन् । बेपत्ता नौसैनिक खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन ओटा जहाज परिचालन गरेको छ । खोजी कार्यमा सहयोग गरेको भन्दै अमेरिकी अधिकारीहरुले जापानलाई धन्यवाद दिएका छन् ।
अमेरिकी अधिकारीहरुका अनुसार बिहिबार दुवै लडाकु जहाजले नियमित तालिमको क्रममा मरिन कप्र्स स्टेशनबाट उडान भरेका थिए । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।
अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन् र यो दुर्घटनालाई सामान्य भन्न मिल्दैन । गत नोभेम्बर महिनामा पनि अमेरिकी नेभी लडाकु विमान जापानको समुद्रमा दुर्घटना भएको थियो । यद्यपि, विमानमा सवार दुवै जना क्रु–मेम्बरलाई सकुशल उद्धार गरिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्